कैलाली उद्योग बाणिज्य संघमा तालाबन्दी

धनगढी ,बैशाख १३ ।
नक्कली सदस्यता खारेजको माग गर्दै कैलाली उद्योग बाणिज्य संघमा तालाबन्दी गरिएको छ । वास्तविक व्यवसायीहरुले नक्कली सदस्यता खारेज गर्न पटक–पटक लिखित र मौखिक रुपमा माग गर्दा पनि वर्तमान कार्यसमितीले वास्ता नगरेको भन्दै आज विहान तालाबन्दी गरेका हुन् ।

वास्तविक व्यवसायीहरुले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए भने वर्तमान कार्यसमितीलाई पटक–पटक लिखित र मौखिक रुपमा नक्कली सदस्यता खारेजको माग सहित निवेदन पनि गरेका थिए । झण्डै ९ हजार संघका सदस्य मध्ये चार हजार भन्दा वढी नक्कली सदस्यहरु रहेको र यसपाली पनि थप भएकोले उनीहरुलाई खारेज गर्नुपर्ने माग सहित आज विहान ७ बजे तालाबन्दी गरिएको हो ।

उनीहरुले वैशाख २२ गते हुने साधारण सभा अगाडी नै नक्कली सदस्यता खारेज गर्नुपर्ने माग गरेका छन् । वास्तविक व्यवसायीहरुले नयाँ सदस्यहरुलाई प्यान र भ्याटमा दर्ता गराएर मात्रै मतदाधिकारको प्रयोग गर्न दिनुपर्ने पनि माग गरेका छन् ।

व्यवसायिक हक हितका साथै प्रदेशका विभिन्न सामाजिक अभियान सञ्चालन गराउनका लागि नक्कली सदस्यहरुलाई हटाएर वास्तविक व्यवसायीको संघ वनाउन उनीहरुको माग छ । यसअघि निर्वाचन अगाडी नै नक्कली व्यवसायीको सदस्यता खारेज गर्न उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरुले पनि माग गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

प्रदेश सातको गौरबको रुपमा लोवर चमेलिया जलबिधुत आयोजनालाई प्रदेश सरकारले बनाउने तयारी - अर्थमन्त्री झपट बोहोरा ( भिडियो )

धनगढी ,साउन ८ ।  प्रदेश सातका अर्थमन्त्री झपट बोहोराले सरकारले प्रदेश सरकारले  बस सन्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।"गत आर्थिक बर्षको

प्रतिपक्षको मौन समर्थनको बिच प्रदेश सातको बजेट पारित

धनगढी ,असार १६ ।  निकै रस्स्साकस्सी पछि आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश ७ को सरकारले ल्याएको  बजेट प्रदेशसभाबाट पारित भएको छ । शनिवार बिहान

प्रदेश सात सरकारले सार्बजनिक गरेको बजेटको पूर्णपाठ

धनगढी ,असार १ ।  ७ नम्बर प्रदेशको सरकारले आगामी आर्थिक बर्षको बजेट शुक्रबार  संसदमा प्रस्तुत गरेको छ । अर्थ मन्त्री झपट बोहरालले प्रदेश सभामा