कैलालीका प्रमिख जिल्ला अधिकारी गोबिन्द प्रषाद रिजालको सरुवा , तिवारी प्रमुख जिल्ला अधिकारीको रुपमा कैलाली आउने

बैशाख १३ , अत्तरिया । 
गृह मन्त्रालयले सहसचिव र उपसचिवस्तरका ६० जना कर्मचारीको सरुवा गरेको छ ।

यसरी सरुवा हुनेमा धेरैजसो प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

मन्त्रालयको सरुवा सूची अनुसार कैलालीका प्रमुख जिल्ला अधिकारीको सरुवा रौतहटमा भएको छ भने कैलालीमा  प्रमुख जिल्ला अधिकारीको रुपमा रिषीराम तिवारी आउने भएका छन ।

तिवारी यस अघी झापामा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । रिजाल कैलालीमा लोकप्रिय प्रमुख जिल्ला अधिकारीका रुपमा रहेका थिए ।

कैलाली जिल्ला राजनितिक घटना क्रम ,सिमा नजिक र अन्य बिबिध कारणले चर्चामा रहने गरेपनि रिजालले आफ्नो कार्यकालमा सबै घटनाक्रममा सन्तुलित भूमिका निर्बाह गर्न सफल रहेको स्थानियको बुझाई रहेको छ ।   

प्रतिकृया दिनुहोस

डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु , ४ जना घाईते

डडेल्धुरा , माघ ८ । डडेल्धुरामा फरक–फरक स्थानमा परेको चट्याङ लागेर आज २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा आलिताल

अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरण - राजु कडायत पनि पक्राउ

धनगढी,माघ ८ ।  अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरणमा अहिले सम्म ७ जना पक्राउ परेका छन्। अहिले सम्म सबैलाई धनगढी आसपासबाट प्रहरीले पक्राउ गरेको

चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु

डडेल्धुरा , माघ ०८ । चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्घुराको आलिताल गाउँपालिका–३ बागथलाका बर्ष ३० का हर्कबहादुर