अत्तरियामा प्ले फर अत्तरीयाको आयोजनामा बैशाख १५ गतेदेखि पिएफए भेट्रान कप क्रिकेट प्रतियोगिता आयोजना हुने

बैशाख १३ , अत्तरिया । 
अत्तरियामा प्ले फर अत्तरीयाको आयोजनामा बैशाख १५ गतेदेखि पिएफए भेट्रान कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

२० ओभरको खेलमा खेलाइने उक्त प्रतियोगितामा ७ न प्रदेशका कुल  १२ वटा टिमको सहभागिता रहने भएको छ ।

आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरि ट्रफी सार्बजनिक गर्दै  प्रतियोगिताको सम्पुर्ण तयारि पुरा भएको जानकारि दिएको छ ।

प्रतियोेगितामा प्रथम हुनेले २ लाख २२ हजार २ सय २२ रुपैया र दोस्रो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया पाउने छन ।

यस्तै खेलमा  वेस्ट वलर, वेस्ट व्यास्टम्यान ,वेस्ट फिल्डरले क्रमस जनहि १० ,१० हजार रुपैया पाउने प्रतियोगिताका खेल संयोजक शिवराज भट्राइले जानकारि दिए।

प्रतियोगिताको मुख्य आयोजक जेवि अटोमोवाइल्स स्कट ट्याक्टर धनगढी रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता अत्तरिया पूर्वरोडमा रहेको शशस्त्र प्रहरीको खेल मैदान वनखेतमा हुने भएको छ ।

प्ले फर अत्तरियाले गत बर्ष पनि अत्तरिया मै भेट्रान कप किर्केट प्रतियोगिताको आयोजना गरेको थियो । गत बर्ष भन्दा यो बर्ष प्रतियोगिताको धनराशी केही बढाएको छ । 

प्रतिकृया दिनुहोस

बनदेवी युवा क्लबको आयोजनामा BYC फुटबल लिग प्रतियोगिता सुरु

अत्तरिया , असोज २५ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको बनदेवी युवा क्लबको आयोजनामा विहिवारदेखी  BYC फुटबल लिग प्रतियोगिता सुरु भएको छ

प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आर्दश युवा क्लब खमौरालाई

अत्तरिया , असोज २४ । नेपालीहरुको माहान चार्ड दशै , तिहार तथा छठ पर्वको अबसर पारेर यहि असोज १८ गतेदेखी सुरु भएको प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको

टी–ट्वान्टी विश्व कपअन्तर्गत चीनविरुद्ध नेपालको शानदार जित

काठमाण्डौ ,असोज २४ ।  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले जितेको छ ।  एक सय ९ बल बाँकी