४५ दिने निशुल्क ब्युटिपार्लर तालिम सम्पन्न

हेमराज भट्ट , अत्तरिया बैशाख १३ ।
कैलालीको अत्तरियामा जारी ४५ दिने निशुल्क ब्युटिपार्लर  तालिम आज सम्पन्न भएको छ । महिला संङ्गठन कार्य नेपालको आयोजना र गोदावरी नगरपालिका वडा नं २ को आर्थिक सहयोगमा चैत्र १ गतेवाट सुरु भएको तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

 

गा्रमिण र शहरी स्वरोजगार अभियान ,आर्थिक समृद्धिमा हरेक महिलाको पहिचान भन्ने मुल उध्ेश्यका साथ आयोजना गरिएको तालिमवाट १० जना प्रशिक्षार्थीहरुले स्वास्थ्य , सरसफाई र सौदर्यताको फाईदावारे जानकारी पाएको बताएका छन् । समापन कार्यक्रममा बोल्दै प्रशिक्षार्थी ममता शर्माले आफुले यस अघि नबुझेको र नजानेको कुरा तालिम मार्फत सिक्न पाएको भन्दै खुसी ब्यक्त गरिन् । ब्युटिपार्लर भनेपछि खाली सुन्दर देखिनका लागी गरिने मेकअप मात्रै होईन रहेछ उनले भनिन् — ब्यक्तित्ब विकास र शारिरिक स्वास्थताका लागी पनि ब्युटिपार्लर तालिम लिन जरुरी रहेछ ।

 

४५ दिन सम्म आफुले धेरै कुरा सिक्क पाएको र सिकेका कुरालाई आत्मसात गर्दै आगामी दिनहरुमा ब्यवहार लागु गर्दै जाने अर्की सहभागि पुष्पा बिष्टले बताइन् । महिलाहरु केहि गर्न सक्दैनन् भन्ने समाजमा रहेको कुबिचारलाई चिर्दै तालिमले आफुहरुको हौसला बढाएको र आर्थिक रुपमा महिलाहरु कसरी सक्षम बन्न सक्छन भन्ने तर्फ वाटो देखाएको उनको भनाई थियो । कार्यक्रममा बोल्दै सो तालिमकि प्रशिक्षक एबम् अत्तरियामा रहेको राशि ब्युटिपार्लरकि सञ्चालिका शोभा थापा रावलले ४५ दिने तालिमवाट प्रशिक्षर्थीहरुले धेरै कुरा सिकेको र बुझेकाले आगामी दिनहरुमा आफुले सिकेको कुरालाई ब्यबहारमा लागु सहभागी सबैमा आग्रह गरिन् ।

 

महिला संगठन कार्य नेपालकि अध्यक्ष भागरथी बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरकार्यपालिकाकि सदस्य ईश्वरा आचार्य प्रमुख अथिति रहनुभएको थियो । यस्तै बिशिष्ट अथितिमा गो.न.पा २ कि वडा सदस्य संगिता बि.क रहनुभएको थियो । १० जना सहभागीहरु रहेको सो तालिम अत्तरियामा रहेको राशी ब्युटिपार्लरमा संञ्चालन गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

पन्त हत्या प्रकरण - स्थानीयले गरेको आन्दोलनका कारण कन्चनपुरमा तनाब कायमै

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले

वास्तविक अपराधी लुकाउन खोजेको भन्दै महेन्द्रनगरमा तनाब

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले बास्तबिक हत्यारा लुकाउन खोजेको भन्दै

निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

कञ्चनपुर , भदौ ०४ । कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरिएको छ । हत्या