पछिल्लो ९ महिनामा १ लाख ४० हजार नेपालीले देश छाडे

बैशाख १५ , अत्तरिया । 
आर्थिक वर्ष २०७३/७४ को पछिल्लो ९ महिनामा १ लाख ४० हजार नेपालीले देश छाडेका छन् । यो अवधिमा सबैभन्दा धेरै नेपाली मलेसिया पुगेका छन् भने जापान जाने कम छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे तथ्यांक अनुसार, ०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख ४० हजार १०० पूर्वस्वीकृति लिएर विदेश भासिएका छन् ।


रोजगार अनुमति प्रणाली (इपिएस) भएर पनि यो अवधिमा नेपालीहरु विदेश पुगेका छन् ।  ईपीएस परीक्षा उत्तीर्ण पुरुष ७१५ र महिला ५९ जना दक्षिण कोरिया गएका हुन् ।

चैतमा पनि ११ हजार ४०३ जना नेपाली मलेसिया पुगेका छन् । यो संख्या नेपालीले राेजगार अनुमति पाएको मुलुकमध्येकै बढी हो ।

कम जाने मुलुकमा जापान छ । त्यहाँ चार मात्र वैदेशिक रोजगारीका लागि गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

रासस

प्रतिकृया दिनुहोस

दुई महिनाको कर संकलनबाट सुदुरपश्चिम प्रदेश सरकार उत्साही

धनगढी ,असोज २१।  सुदूरपश्चिम प्रदेशमा सरकारले चालु आ .ब को दुई महिनामा झण्डै १० करोड राजस्व / कर संकलन गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक

इन्धन: ८ महिनामा ९ पटक मूल्यवृद्धि

काठमाण्डौ ,असोज १८ ।  वर्षमा एक अर्बको चुहावटलाई वैधानिक मान्यता, प्रशासनिक खर्च पनि अनियन्त्रित, पछिल्लो अढाइ महिनामा एक अर्ब घाटा संसद्को

अत्तरिया उधोग बाणीज्य संघको साधारण सभा शुरु ,मतदान दिउंसो १ बजेबाट शुरु हुने

अत्तरिया ,असोज १२ ।  अत्तरिया उधोग बाणिज्य संघको दोस्रो  साधारण सभा अत्तरियामा शुरु भएको छ । बिहान सम्पन्न उदघाटन सत्रको एक कार्यक्रमका बिच