अत्तरियामा पि एफ ए भेट्रान कप क्रिकेट प्रतियोगिता शुरु

बैशाख १५ , अत्तरिया । 
प्ले फर अत्तरीयाको आयोजनामा जेवि अटोमोवाइल्स स्कट ट्याक्टर पि एफ ए भेट्रान कप क्रिकेट प्रतियोगिता तेस्रो संस्करण कैलालीको अत्तरीयामा आज बाट सुरु भएको छ ।

क्लवका अध्यक्ष योगेश भट्टको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अथिति प्रदेश सांसद कृष्ण राज सुवेदी रहनुभएको थियो ।

प्रतियोगिताका संयोजक शिवराज भट्राईकोे स्वागत मन्तव्यबाटै सुरु भएको कार्यक्रममा प्रमुख अथिति प्रदेश सांसद सुवेदीले व्याटिंङ  र सभापति भट्टले बलिंग गरेर खेल उद्घाटन गरेका छन् । उद्घाटन खेल मा टस जितेर एन आइ सि एसियाले व्याटिंङ रोजेको छ ।

पहिलो खेल  एन आइ सि एसिया र नैनादेवि युवा क्लव बिच खेल भएको छ । आयोजक क्लवले क्रिकेट क्षेत्रमा उत्कृष्ट खेलाडिहरु छनौट गर्नका लागि प्रतियोगिता संचालन गर्दै आएको छ । २०/२०  ओभरको खेलमा खेलाइने उक्त प्रतियोगितामा ७ न प्रदेशका १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोेगितामा प्रथम हुनेले २ लाख २२ हजार २ सय २२ रुपैया र दोस्रो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया पाउने छन ।  

यस्तै खेल प्रतियोगिता मा वेस्ट वलर वेस्ट व्यास्टम्यान वेस्ट फिल्डरले जनहि १० , १० हजार रुपैया पाउने प्रतियोगिताका खेल संयोजक शिवराज भट्राइले जानकारि दिए  ।  

प्रतियोगिताको मुख्य आयोजक जेवि अटोमोवाइल्स स्कट ट्याक्टर रहेको छ । प्रतियोगिता अत्तरिया पूर्वरोडमा शशस्त्र प्रहरीको खेल मैदान वनखेतमा भैरहेको छ । प्रतियोगितामा भोली देखी दुई दुई वटा खेल हुनेछन् । प्रतियोगिता २८ गते सम्म चल्नेछ । 

प्रतिकृया दिनुहोस

सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेलमा पनि विकेट लिए

जेठ ६ , काठमाडौं ।  नेपालबाट पहिलो पटक अाईपिएलमा सहभागीता जनाएका नेपाली खेलाडी सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेलमा

धनगढी प्रिमियर लिग डीपीएल–२ क्रिकेट प्रतियोगिताको आयव्ययको विवरण सार्वजनिक

कैलाली, वैशाख २६। धनगढीमा भएको धनगढी प्रिमियर लिग ९डीपीएल०–२ क्रिकेट प्रतियोगिताको आयव्ययको विवरण सार्वजनिक गरिएको छ । धनगढी क्रिकेट एकेडेमीले

अत्तरीयामा जारि पि एफ ए भेट्रान कप अन्तरगत लिग चरणका खेल सम्पन्न, आजको खेलमा महेन्द्रनगर रोयल्स बिजयी

बैशाख २१ , अत्तरिया ।  अत्तरीयामा जारि पि एफ ए भेट्रान  कप अन्तरगत  आज लिग चरणको अन्तीम खेल सम्पन्न भएको छ । आज भएको खेलमा महेन्द्रनगर रोयल्स्ले ५