अत्तरियामा पि एफ ए भेट्रान कप क्रिकेट अन्तर्गत आज दुई ओटा खेल सम्पन्न,, पहिलो खेलमा महेन्द्रनगर युनिभर्सल र दोस्रो खेलमा महेन्द्रनगर रोयल बिजयी

धुर्ब ओझा,अत्तरिया बैशाख १६ ।
प्ले फर अत्तरीयाको आयोजनामा जेवि अटोमोवाइल्स स्कट ट्याक्टर पि एफ ए भेट्रान कप क्रिकेट प्रतियोगिता तेस्रो संस्करण अन्तर्गत आईतवार दुई ओटा खेल सम्पन्न भएका छन । आईतवार भएको पहिलो खेलमा महेन्द्रनगर युनिभर्सलले जित हात पारेको छ । महेन्द्रनगर युनिभर्सल र कृष्णनगर युवा क्लब धनगढी बिच भएको खेलमा कृष्णनगरले टस जितेर ब्याटिङ रोजेको थियो । कृष्णनगरले १५ ओभरमा एक सय रनको लक्ष्य दिएपछी महेन्द्रनगर युनिभर्सलले ७।४ ओभरमा पुरा गरेको थियो ।

खेलमा ४ बिकेटमा १६ रन बनाएर महेन्द्रनगर युनिभर्सलका बिक्रम भण्डारी म्यान अफ द म्याच घोषित भएका छन । त्यस्तै आईतवार नै भएको दोस्रो खेलमा महेन्द्रनगर रोयलले जित हात पारेको छ ।  महेन्द्रनगर रोयल र गेटा युवा क्लब बिच भएको खेलमा गेटाले टस जितेर ब्याटिङ रोजेको थियो । गेटाले १७ ओभरमा १ सय ४३ रनको लक्ष्य दिएपछी महेन्द्रनगरले निर्धारित समयमा आफनो जित निकालेको थियो ।

खेलमा ३५ रन बनाएर महेन्द्रनगर रोयलका बिनोद क्षेत्री म्यान अफ द म्याच घोषित भएका छन । २०र२० ओभरको खेलमा खेलाइने उक्त प्रतियोगितामा ७ नम्बर प्रदेशका १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोेगितामा प्रथम हुनेले २ लाख २२ हजार २ सय २२ रुपैया र दोस्रो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया पाउने छन । यस्तै खेल प्रतियोगिता मा वेस्ट वलर वेस्ट व्यास्टम्यान वेस्ट फिल्डरले जनहि १० , १० हजार रुपैया पाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको मुख्य आयोजक जेवि अटोमोवाइल्स स्कट ट्याक्टर रहेको छ । प्रतियोगिता अत्तरिया पूर्वरोडमा शशस्त्र प्रहरीको खेल मैदान वनखेतमा भैरहेको छ । त्यस्तै प्रतियोगितामा सोमवारपहिलो खेल अन्तर्गत सनराईज क्लब अत्तरिया र सुप बिश्वबिद्यालय महेन्द्रनगर बिच हुनेछ भने दोस्रो खेल एन आई सि एसिया र सि वाइ सि अत्तरिया बिच हुनेभएको छ । प्रतियोगिता यहि बैशाख २८ गते सम्म चल्नेछ ।

 

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय