ओलीको राष्ट्रबाद सत्ता चढने सिंढी मात्रै हो - पूर्व प्रधानमन्त्री देउबा

बैशाख १७ , गेटा । 
नेपाली काग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार लम्पसारवाद भएको बताएका छन ।

आज गेटा बिमानस्थलमा पत्रकारहरु सँग कुराकानी गर्दै उनले भने- ओलीको राष्ट्रबाद सत्ता चढने सिंढी मात्रै हो त्यो अब पुरा भएको छ ।

देउबाले बिगतका सरकारले कायम गरेको भारत सँगको सन्तुलनको सम्बन्ध ओली सरकारले बिगारिरहेको आरोप समेत लगाए ।

"ओली सरकार तानाशाही ढंगबाट चलेको छ" उनले भने-" लोकतन्त्रलाई मासेर आयातित कम्‍युनिष्टवाद लाद्‍न खोजिदैछ सरकार  नसच्चिए काग्रेस बाध्य भएर सडकमा उत्रने छ ।

देउबाले बिगतको सरकारले भारत सँग  गौरीफण्टा नाकाको स्तरोन्न्ती र डडेल्धुराको पर्शुराममा रहेको शारदा नदीमा  पक्की पुल निर्माण गर्ने कुरो गरेको थियो तर यो सरकारको पालामा ती कुरा ओझेल पर्दै गएको गुनासो गरे ।

यसै बिच पूर्वप्रधानमन्त्री देउबाले अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नबनिर्मित भबनको भोली एक कार्याक्रमको बिच उदघाटन गर्ने कार्यक्रम रहेको क्याम्पसका प्रमुख डम्मर पालले जानकारी दिए ।  

प्रतिकृया दिनुहोस

प्रदेश सातमा विषयगत समितिहरु अझै नेतृत्व विहीन

धनगढी , भदौ ०४ । प्रदेश ७ का विषयगत समितिहरु अझै नेतृत्व विहीन अवस्थामा रहेका छन । प्रदेश सरकार गठन भएको ७ महिना बितिसक्दा पनि विषयगत समितिहरु अझै

नेकपाको प्रदेश ७ को अध्यक्षमा कर्ण थापा र सचिबमा लक्ष्मी जोशीको नाम सिफारिस

काठमाण्डौ ,भाद्र ३ ।  नेकपाको सात नम्बर प्रदेश कार्यदलले पनि प्रतिवेदन बुझाएको छ । निर्धारित समयसीमाभित्रै प्रतिवेदन तयार पारी बुझाइएको कार्यदलका

प्रदेश ७ मा नेकपाको जिल्ला नेत्रत्वको लागी आन्तरिक किचलो शुरु

अत्तरिया ,भाद्र ३ ।  तकालिन एमाले र माओबादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि  कैलालीमा नेत्रित्वको लागी फेरी दौडधुप शुरु भएको छ