पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट बिच पहिलो भेटबार्ता,प्रतिपक्षलाई पनि सँगै लैजान देउबाको मुख्यमन्त्री भट्टलाई सुझाब

बैशाख १८ ,धनगढी । 
पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट बिच पहिलो भेटबार्ता भएको छ ।

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा लागि धनगढी आएका पुर्व प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच आज  विहान देउवाको धनगढीस्थित निजी  निवासमा भेटवार्ता भएको हो ।

देउबालाई भेटन मुख्य मन्त्री भट्ट देउबा निवास पुगेका थिए । भेटका क्रममा  देउबाले प्रदेशको समृद्धीका लागि आफु साथमा रहेको बताएको मुख्य मन्त्रीका स्वकिय सचिब शिव ओलीले जानकारी दिए ।  

ओली ले भने -मुख्यमन्त्री र देउवबीच प्रदेशको विकास, अन्य राजनितिक घटना क्रम, प्रदेशको  राजधानी र नामाकरण लगाएत समग्र बिषयमा कुराकानी भयो ।

 
देउवाले प्रतिपक्षलाई पनि सहमति गरेर अघि बढेमा राम्रो हुने सुझाव दिएको ओलीको भनाई रहेको छ  ।

‘यो प्रदेशमा राष्टिय गौरवका योजनाहरु थोरै छन्, राष्टिय गौरवका योजनाहरुको संख्या बढाउनका लागि प्रदेश सरकारले संघीय सरकारलाई निर्णय नै गरेर अनुरोध गर्ने तयारी गरेको छ, त्यसमा तपाईको साथ र समर्थन चाहिन्छ’ मुख्यमन्त्री भट्टले देउवलाई आग्रह गरेको ओलीले बताए ।
 

प्रतिकृया दिनुहोस

७ नम्बर प्रदेशमा बिघठित एमाले र माओबादी केन्द्र भित्रका गुटउपगुटले खेल्न खोज्दैछन् ,सचेत रहनु होला- लेखराज भट्ट (भिडियो सहित )

जेठ १२ , अत्तरिया ।  नेपाल कम्युनिष्ट पार्टीका स्ठायी कमिटी सदस्य लेखराज भट्टले दुई बाम पार्टीको एकताले जनतामा नयाँ  उत्साहा आएको बताएका छन ।

स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी छलफल शुरु

जेठ ११ , धनगढी ।  प्रदेश ७ मा आज  बसेको संसद बैठकले  स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई

बिकास निर्माणका काममा ढिलासुस्ती र लापरबाही गर्नेलाई कडा कार्बाही हुन्छ - गृहमन्त्री थापा

जेठ ९ , धनगढी ।  गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले बिकास र सम्रिधी लागी शान्ती सुरक्षा पहिलो शर्त भएको बताएका छन । सात नम्बर प्रदेशको सुरक्षा