अत्तरियामा जारी पि एफ ए भेट्रान कप क्रिकेट प्रतियोगितामा अत्तरिया युनाईटेड र गेटा युवा क्लब बिजयी

बैशाख १८ ,अत्तरिया । 
अत्तरियामा जारी प्ले फर अत्तरीयाको आयोजनामा जेवि अटोमोवाइल्स स्कट ट्याक्टर पि एफ ए भेट्रान कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई ओटा खेल सम्पन्न भएका छन ।

आज भएको पहिलो खेलमा अत्तरिया युनाईटेडले जित हात पारेको छ ।

अत्तरिया युनाईटेड र फारवेष्ट युनिभर्सिटी बिच भएको खेलमा युनाईटेड अत्तरियाले टस जितेर फिल्डीङ रोजेको थियो ।

फारवेष्ट युनिभर्सिटीले ९ रनको लक्ष्य दिएपछि अत्तरिया युनाईटेडले १२.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

खेलमा ६ बिकेटमा २० रन बनाएर अत्तरिया युनाईटेडका गोबिन्द रेग्मी म्यान अफ द म्याच घिषित भएका छन ।

त्यस्तै आजै भएको दोस्रो खेलमा गेटा युवा क्लबले जित हात पारेको छ ।

 सुप समिती र गेटा युवा क्लब बिच भएको खेलमा गेटाले टस जितेर ब्याटिङ रोजेको थियो ।

गेटाले १ सय ९७ रनको लक्ष्य सुपलाई दिएपछी सुपले निर्धारित समयमा लक्ष्य पुर्याउन नसकेपछी ३१ रनले गेटा बिजयी भएको छ ।

खेलमा ४३ रन बनाएर गेटा युवा क्लबका जितेन्द्र भट्ट  म्यान अफ द म्याच घोषित भएका छन । २०/२०  ओभरको खेलमा खेलाइने उक्त प्रतियोगितामा ७ नम्बर प्रदेशका १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोेगितामा प्रथम हुनेले २ लाख २२ हजार २ सय २२ रुपैया र दोस्रो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया पाउने छन । यस्तै खेल प्रतियोगिता मा वेस्ट वलर वेस्ट व्यास्टम्यान वेस्ट फिल्डरले जनहि १० , १० हजार रुपैया पाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको मुख्य आयोजक जेवि अटोमोवाइल्स स्कट ट्याक्टर रहेको छ । प्रतियोगिता अत्तरिया पूर्वरोडमा शशस्त्र प्रहरीको खेल मैदान वनखेतमा भैरहेको छ । प्रतियोगिता यहि २ गते सम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय