दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको भबन उदघाटन समारोह कांग्रेसको भेला जस्तै ,यस क्षेत्रका अधिकांस जनप्रतिनिधी अनुपस्थिती ,कार्यक्रमको सामाजिक सन्जालमा चर्को आलोचना

बैशाख १९ ,अत्तरिया । 
कैलाली क्षेत्र नम्बर ४को अग्रणी संस्था दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नब निर्मित भबन उदघाटन कार्यक्रम मङलबार अत्तरियामा सम्पन्न भएको छ ।

पूर्व प्रधानमन्त्री शेर बाहादुर देउबा प्रमुख अतिथी हुने भएपछि कार्यक्रम निकै ब्यबस्थित होला भन्ने धेरैको अनुमान थियो तर कार्यक्रम भद्रगोल र निकै अब्यबस्थित रहेको स्थानियको बुझाई रहेको छ ।

कार्यक्रममा उदघोषणको जिम्मा पाएका क्याम्पसका साहायक क्याम्पस प्रमुख लोक बहादुर  महारा कुनै तयारी बिना मन्चमा उदघोषण गरीरहेका जस्तो देखिन्थे । उनले प्रदेस सांसद रण बहादुर रावलको नाम तीन पटक सम्म उच्चारण गरे ।  

क्याम्पसको भबन उदघाटन भन्दा पनि नेपाली काङ्रेसको कुनै कार्यक्रम भईरहेको जस्तो देखिएको थियो । मन्चमा नेपाली कांग्रेस भन्दा अन्य दलबाट खासै प्रतिनिधित्व थिएन । एमालेबाट प्रदेस सभा सांसद चुनु कुमारी चौधरी मात्रै सहभागी थिईन् भने कांग्रेसका प्रदेश सभाका अधिकांस सांसदको मन्चमा बलियो उपस्थिती थियो ।

उनीहरु सबैलाई मन्चमा बोल्न दिएपछी कार्यक्रम लम्बिएको थियो ।  स्थानिय कै लामो समय देखीको मिहेनेत र लागानीबाट निर्माण भएको क्याम्पस भबन उदघाटन कार्यक्रममा स्थानियलाई खासै आयोजकले वास्ता गरेको देखिएन ।

बिगतका प्राय जसो कार्यक्रममा यसै क्षेत्रका सांसद लाई प्रमुख अतिथी बनाउने परम्परा भएपनि यो पटक क्याम्पस निर्माणमा खासै भूमिका नभएका कांग्रेस सभापती शेर बहादुर देउबालाई प्रमुख अतिथी बनाएपछि कार्यसमिती कै केही सदस्य असुन्तुष्ट बनेका छन ।

क्याम्पस ब्यबस्थापन समितीका एक सदस्यले भने - हामीले यस क्षेत्रका सांसद लाई लेख राज भट्टलाई प्रमुख अतिथी बनाउ भनेका थियौ तर अध्यक्ष ले मान्नु भएन । क्याम्पस निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेका पुर्ब सांसद दिर्घ राज भाट र बर्तमान सांसद लेखराज भट्टको कही कतै उपस्थिती रहेको देखिएन ।

कार्यक्रममा बोलाइएका अधिकांस जन प्रतिनिधि ब्यस्त रहेको बताउँदै कार्यक्रममा सहभागी भएनन । क्याम्पसका संस्थापक उपाध्यक्ष एब प्रदेश साँसद कृष्णराज सुबेदी पनि कार्यक्रममा देखीएका थिएनन ।

क्याम्पस ब्यबथापन समितीका उपाध्यक्ष एब्म गोदावरी नगरपालिकाका प्रमुख हरी सिं साउंद पनि आफ्नो कार्य ब्यस्तता ले आउन नसकेको जानकारी कार्यक्रममा दिएको थियो ।

क्याम्पस ब्यस्थापन समितीका अध्यक्ष बिरेन्द्र भट्ट स्थानिय तहको निर्बाचनमा साउंद सँग पराजित भएका हुन ।

आफ्नै क्याम्पस ब्यबस्थापन समितीका उपाध्यक्ष मेयरमा निर्बाचित भए पनि क्याम्पस ब्यबस्थापन ले उनलाई बोलाएर सम्मान नगरेको भन्दै समितीका अध्यक्षको आलोचना समेत हुँदै आएको थियो ।

कार्यक्रममा क्याम्पस निर्माणमा सहयोग पुर्याउने बिभिन्न ब्यक्तीलाई सम्मान गरिएको भएपनी सम्मान पत्रमा भाषागत तुर्टी धेरै भएको भन्दै सामाजिक सन्जालमा नै आलोचना शुरु भएको छ ।

क्याम्पसका क्याम्पस प्रमुख डम्बर पालले कार्यक्रममा ब्यबस्थापकिय तुर्टी केही भएको स्विकार गरे ।

उनले भने - हामीले भने जस्तो कार्यक्रमलाई सेड्युल अनुसार लैजान सकेनौ र केही बोलाएका अतिथी पनि नआउंदा अली अली अब्यबस्थिती जस्तो देखियो । 


२०६७ सालमा निर्माण कार्य सुरु भएको उक्त भवनमा २८ वटा कोठाहरु रहेका छन भने झण्डै पौने ३ करोड लागतमा भवनको निर्माण गरिएको हो ।          

 

प्रतिकृया दिनुहोस

नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलन स्थगित , विद्यालय बन्द फिर्ता

अत्तरिया , भदौ ०२ । सामुदायिक बिधालयहरुमा कार्यरत कर्मचारीहरुको संड्गठन नेपाल विद्यालय कर्मचारी परिषदले भाद्र ३ र ४ गते २ दिन देशैभरिका सामुदायिक

नेपाल विद्यालय कर्मचारी परिषदको बृहत अन्तरक्रिया कार्यक्रम अत्तरियामा सम्पन्न

अत्तरिया , साउन २४ । नेपाल विद्यालय कर्मचारी परिषद कैलालीको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक बिधालयहरुमा कार्यरत

बालविकास शिक्षक समिति कैलालीको अध्यक्षमा तिमिल्सैना चयन

गोविन्द बीसी , बौनिया  साउन २१ नेपाल बालविकास शिक्षक (इसिडी) समिति कैलालीको अध्यक्षमा निर्मला तिमिल्सैना चयन हुनु भएको छ । सोमबार धनगढीमा बसेको