भारतको आग्रामा भएको कराँते प्रतियोगितामा कैलाली द्धितिय

धुर्ब ओझा,अत्तरिया बैशाख १९ ।
भारतको आग्रामा भएको तेस्रो अन्तराष्ट्रिय कराँते प्रतीयोगितामा कैलाली गोदाबरी नगरपालीकाबाट गएको खेलाडी समुह द्धितिय भएको छ ।

नेपाल, भारत, श्रीलंका र बंगलादेशको सहभागीता रहेको प्रतीयोगितामा भारत प्रथम भएको हो ।

नेपाल गोजरियो कराँते युजेन्काई संघ नगरकमिटी अध्यक्ष प्रशिक्षक तथा राष्ट्रिय,अन्तराष्ट्रिय खेलाडी तेज नागरीको नेतृत्वमा पाँचजना खेलाडीहरुको सहभागिता रहेको थियो । सहभागी खेलाडीहरु गणेश बिक, पुष्कर कामी, मनिष राना, दिनेश नेपाली, शंकर बिश्वकर्मा रहेका थिए ।

उक्त प्रतीयोगितामा ६० किलो तौल समुहमा गणेश बि.क प्रथम भएका छन भने ५० किलो तौल समुहमा शंकर बिश्वकर्मा द्धितिय भएका छन ।

त्यसैगरी १३ बर्षको उमेर समुहमा पुष्कर कामी प्रथम र दिनेश नेपाली द्धितीय भएका छन भने १० बर्षको उमेर समुहमा मनिष राना प्रथम भएका छन ।

उक्त प्रतीयोगितामा प्रशिक्षक नागरीलाई फुलमालाले सम्मान गर्नुका साथै  उनले नेपालको तर्फबाट प्रमुख निर्णायक भुमिका समेत सम्हालेका थिए ।

यहि बैशाख १३ गते जिल्ला खेलकुद महासंघले प्रतीयोगिताका लागी प्रशिक्षक र खेलाडीहरुलाई बिदाई गरेको थियो । उक्त प्रतियोगिता १५ गते देखी १७ गते सम्म संचालन भएको थियो ।

प्रतिकृया दिनुहोस

सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेलमा पनि विकेट लिए

जेठ ६ , काठमाडौं ।  नेपालबाट पहिलो पटक अाईपिएलमा सहभागीता जनाएका नेपाली खेलाडी सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेलमा

धनगढी प्रिमियर लिग डीपीएल–२ क्रिकेट प्रतियोगिताको आयव्ययको विवरण सार्वजनिक

कैलाली, वैशाख २६। धनगढीमा भएको धनगढी प्रिमियर लिग ९डीपीएल०–२ क्रिकेट प्रतियोगिताको आयव्ययको विवरण सार्वजनिक गरिएको छ । धनगढी क्रिकेट एकेडेमीले

अत्तरीयामा जारि पि एफ ए भेट्रान कप अन्तरगत लिग चरणका खेल सम्पन्न, आजको खेलमा महेन्द्रनगर रोयल्स बिजयी

बैशाख २१ , अत्तरिया ।  अत्तरीयामा जारि पि एफ ए भेट्रान  कप अन्तरगत  आज लिग चरणको अन्तीम खेल सम्पन्न भएको छ । आज भएको खेलमा महेन्द्रनगर रोयल्स्ले ५