गायक कलौनीको गीत "म त चरी आउला" युट्युबमा सार्वजनिक

बैशाख २० , अत्तरिया । 
लामो समय देखि गीत संगितमा  संघर्ष गरिरहेका वेदकोट न.पा. , भासीका गायक नवराज कलौनीले आफ्नो पहिलो गीत "म त चरी आउला" युट्युबमा सार्वजनिक गरेका छ्न।

आफ्नै शब्द सङ्गीत र मोहित मुनालको सङ्गीत संयोजनमा उनले यो   गीत रेकर्ड गरेका हुन।

बिगत चार बर्ष देखि काठमाडौमा सङ्गीत अध्यन गरिरहेका उनले विगतमा रेडियो महाकालीको कार्यक्रम "महाकाली तारा" मा पनि प्रतिस्पर्धा गरेका थिए।

यस्तै नेपाल टेलिभिजनको एक गायन कार्यक्रममा पनि उनले विगतमा भाग लिएका थिए। उक्त कार्यक्रममा छनौट चरण मै बाहिरिए पछि उनले सङ्गीतको अध्यन गर्ने निधो गरेका थिए।

दर्जनौ स्टेज सो गरिसकेका उनले नेपाल पर्यटन बोर्डमा गत बर्ष अन्तर्राष्ट्रिय युवा सम्मेलनमा ३९ राष्ट्रका दर्शक सामु पनि प्रस्तुती दिएका थिए।

उनको सार्वजनिक भएको सो गीत पुरानो डोटेली भाका "राती रुमालमा" र नयाँ फेलेवरमा फ्युजन गरेर बनेको हो  ।

यस्तै  "मन के ढुङ्गो सम्झ्यौ र" पनि रेकर्ड भैसकेको र " बनारसको सारी, आजको दिन हजुरको घर र एकोहोरो मलाई हेरी " बोलका गीतहरु पनि छिट्टै बजारमा ल्याउने तयारी भैरहेको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस

झण्डै १२ करोडको लागानीमा निर्माण भएको धनगढी फन सीटी सन्चालनमा (फोटो फिचर )

बैशाख १४ , धनगढी ।  कैलालीको धनगढीमा कारीब १२ करोडको लगानीमा निर्माण भएको धनगढी फन सीटी सन्चालनमा आएको छ । दुई बिगाह भन्दा बढी जग्गामा

धौलीको ब्या भयो भन्दै हिट भएका लोकपप गायक चेतन बोहरा फेरि सबैलाई नचाउने गित अम्बर डम्बरवाट चर्चा कमाउदै

हेमराज भट्ट , अत्तरिया , बैशाख ०५ । नेपाली कलाकारिता क्षेत्रमा प्रबेश गरेको  छोटो समयमै थुपै्र चर्चा कमाउन सफल नेपाली लोक पप तथा देउडा गायक चेतन

बिदेशमा पहिलो पटक देउडा गितको छायाँकन

रमेश भट्टराई,दुबर्ई   देउडा सर्जक लक्ष्मण अधिकारीको दोस्रो गित कम्मर लड्काई लड्काई नयाँ वर्षमा बजारमा आउने भएको छ । पहिलो गित दुवईको लाहुर्याको