थासा एम आईसी कप फुटबल प्रतीयोगीता कैलालीको गोदाबरी नगरपालीका ७ लालपुरमा बिहीवारबाट शुरु

धुर्ब ओझा,अत्तरिया बैशाख २० ।
एम आई सी लालपुरको आयोजनामा थासा एम आईसी कप फुटबल प्रतीयोगीता कैलालीको गोदाबरी नगरपालीका ७ लालपुरमा बिहीवारबाट शुरुभएको छ । क्लवका अध्यक्ष डिल्लीराज भट्टको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अथिति गोदाबरी नगरपालीकाका प्रमुख हरि सिं साउद रहेका थिए ।

त्यस्तै विशिष्ट अथितिमा थासा एकेडेमीका संयोजक सन्तोष भट्ट रहेका थिए । क्लवका सचिव अंक साउदकोे स्वागत मन्तव्यबाटै सुरु भएको कार्यक्रममा प्रमुख अथिति नगर प्रमुख साउदले प्रतीयोगिताका अम्पाएर दिर्घ साउदको हातमा बलदिएर खेल उद्धघाटन गरेका थिए । उद्धघाटन खेलमा आयोजक र न्यु गोला बेबी युवा क्लव बिच खेल भएको थियो ।

आयोजकले न्यु गोला बेबी युवा क्लवलाई ३(० ले पराजित गरेको छ । खेलमा दिपक बि।क ले ३ गोल प्रहार गरेर म्यान अफ द म्याच भएका छन । प्रतीयोगितामा आठ ओटा टिमहरु सहभागी भएका छन । प्रतियोेगितामा प्रथम हुनेले १० हजार पाउने छन भने दोस्रो र अन्यलाई अहिले पुरस्कार राशि छुट्याउन बाकी रहेको प्रतियोेगिताका खेल संयोजक प्रेम बोहराले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य आयोजक थासा एकेडेमी रहेको छ । प्रतियोगिता गोदाबरी नगरपालीका ७ लालपुरमा भैरहेको  छ ।

 

प्रतिकृया दिनुहोस

बनदेवी युवा क्लबको आयोजनामा BYC फुटबल लिग प्रतियोगिता सुरु

अत्तरिया , असोज २५ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको बनदेवी युवा क्लबको आयोजनामा विहिवारदेखी  BYC फुटबल लिग प्रतियोगिता सुरु भएको छ

प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आर्दश युवा क्लब खमौरालाई

अत्तरिया , असोज २४ । नेपालीहरुको माहान चार्ड दशै , तिहार तथा छठ पर्वको अबसर पारेर यहि असोज १८ गतेदेखी सुरु भएको प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको

टी–ट्वान्टी विश्व कपअन्तर्गत चीनविरुद्ध नेपालको शानदार जित

काठमाण्डौ ,असोज २४ ।  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले जितेको छ ।  एक सय ९ बल बाँकी