अर्थमन्त्री र एमाले नेता रावलबीच पाखुरा सुर्कासुर्की

 


काठमाडौं ,माघ २६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्ष भीम रावलबीच पाखुरा सुर्कासुर्की भएको छ । दुई नेताबीच पाखुरा सुर्कासुर्की भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेर रोकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा रावलले सीईओ गोविन्द पोखरेललाई चुनावमा पठाएर प्राधिकरणलाई अस्थिर बनाएको र भूकम्प पीडितहरुप्रति गैरजिम्मेवार भएको आरोप लगाएका थिए । साथै उनले कुन ऐन र नियमावलीअनुसार थप एक लाख अनुदान दिने निर्णय भयो भन्ने प्रश्न गरेका छन् । निर्देशक समितिबाट पास गराएमा मात्र मन्त्रिपरिषदबाट निर्णय गराउनु पर्ने उनको तर्क थियो । उनले सरकारमाथि प्राधिकरणलाई अस्थिर र निकम्मा बनाएको आरोप लगाइरहँदा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा प्रवेश गरे । रावल बोलेलगत्तै उनले भूकम्प पीडितलाई एक लाख दिने निर्णय सही भएको तर्क गरे ।

एमाले उपाध्यक्ष रावलले प्रतिवाद गरे । आफूले ‘तपाईं ढिलो आउनुभयो । मैले यहाँ विधि प्रक्रियाको कुरा गरेको छु,’ सरकारले स्वेच्छाचारी ढंगले निर्णय गर्न मिल्दैन भन्दा अर्थमन्त्री ‘बुरुक्क उफ्रिएर’ आफू भएको ठाउँमा आएको रावलले बताए । ‘हामीलाई स्वेच्छाचारी भन्ने’ भन्दै अर्थमन्त्री पाखुरा सुर्किएर आएको एक सहभागीले बताए । जवाफमा एमाले नेता रावलले ‘त्यसो भए निर्देशक समितिबाट किन निर्णय गर्नुपर्‍यो, अर्थमन्त्रालय फर्मान जारी गर्नुस्,’ भनेका थिए । दुबै नेताबीच चर्काचर्की भएपछि बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्नु परेको थियो । उनले आफूहरुको चुनावी प्रतिवद्धता भएकाले एक लाख दिने निर्णय गरेको भन्दै विवाद नगर्न नेताहरुलाई आग्रह गरेका छन् ।  मन्त्रिपरिषदबाट निर्णय गर्नुअघि निर्देशक समितिमा सहमति नजुटाउनु कमजोरी भएको स्वीकार गरे ।

 

प्रतिकृया दिनुहोस

दुई महिनाको कर संकलनबाट सुदुरपश्चिम प्रदेश सरकार उत्साही

धनगढी ,असोज २१।  सुदूरपश्चिम प्रदेशमा सरकारले चालु आ .ब को दुई महिनामा झण्डै १० करोड राजस्व / कर संकलन गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक

इन्धन: ८ महिनामा ९ पटक मूल्यवृद्धि

काठमाण्डौ ,असोज १८ ।  वर्षमा एक अर्बको चुहावटलाई वैधानिक मान्यता, प्रशासनिक खर्च पनि अनियन्त्रित, पछिल्लो अढाइ महिनामा एक अर्ब घाटा संसद्को

अत्तरिया उधोग बाणीज्य संघको साधारण सभा शुरु ,मतदान दिउंसो १ बजेबाट शुरु हुने

अत्तरिया ,असोज १२ ।  अत्तरिया उधोग बाणिज्य संघको दोस्रो  साधारण सभा अत्तरियामा शुरु भएको छ । बिहान सम्पन्न उदघाटन सत्रको एक कार्यक्रमका बिच