मासिक एक सय रुपैयाँ शुल्कमा समता स्कुल सात नम्बर प्रदेशका सबै जिल्लाहरुमा सन्चालन

बैशाख २१, अत्तरिया ।
मासिक एक सय रुपैयाँ लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको समता स्कुल देशका सबै जिल्ला र सार्कका तीन देशमा सञ्चालनमा आएको छ।

समता स्कुल नेपालका ७७ जिल्ला र सार्क मुलुकका भारत, श्रीलंका र बंगलादेशमा सञ्चालनमा आएको हो । यस वर्ष थपिएका ठाउँमा नयाँ शैक्षिक सत्रबाट अध्ययन सुरु हुनेछ।  समता सकुलले सात नम्बर प्रदेशका सबै जिल्लाहरुमा पनि शाखाहरु सन्चालनमा ल्याएको छ ।

प्रदेश सातका डोटी ,बैतडी , अछाम , डडेल्धुरा ,बाजुरा ,बझाङ, दार्चुला . कैलाली र कन्चनपुर मा समता स्कुलले पढाई शुरु गरेको छ ।

कैलाली र कन्चनपुरमा गत शैक्षीक बर्षबाट शुर भएपनि अन्य जिल्लाहरुमा भने यो बर्षबाट पढाई शुरु भएको हो ।

रु एक सय मासिक शुल्कमा निजी बिधालयले दिने शिक्षा समता सकुलले दिन थालेपछि बिधार्थीको आक्रषण बढन थालेको अत्तरियामा रहेको समता स्कुलकी प्रन्सिपल रितु पाण्डेले जानकारी दिईन् ।

गत बर्ष थोरै बिधार्थीबाट शुरु गरिएको बिधालयमा यो बर्ष झण्डै ५ सयको हारहारीमा बिधार्थी भर्ना गरिएको प्रिन्सिपल पाण्डेको भनाइ रहेको छ ।

अत्तरियामा गत बर्ष देखी सन्चालनमा आएको बिधालय यो बर्ष देखी सुबिधा सम्पन्न भबनमा सरेको छ । भबन प्रबेश कार्यक्रमको  आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका प्रमुख हरि सिं सावंदले प्राङणमा बिरुवा रोपेर शुभारम्भ गरे ।

उनले नगरपालिकाको तर्फबाट समता स्कुलका लागी गर्नु पर्ने सबै सहयोग गर्ने प्रतीबद्धता ब्यक्त समेत गरे ।

बिधालयकी प्रन्सिपल रितु पाण्डेले समता स्कुल सामाजिक गैर नाफामुलक बिधालय भएकोले बिधालयको लागी नगरपालिकालाई जग्गा उपलब्ध गराईदिन माग गारिन् ।

पाण्डेले पहाडका अन्य जिल्लामा पनि बिधार्थीको राम्रो चाप रहेको जानकारी दिईन । समता स्कुल विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट चल्दै आएको छ ।    

प्रतिकृया दिनुहोस

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाण्डौ ,असोज २० ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा

शिक्षक कर्मचारीको आन्दोलनले सिद्धनाथ विज्ञान क्याम्पस ठप्प

भिमदत्तनगर ,असोज १८ ।  कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसका शिक्षक/कर्मचारीले क्याम्पसमा हड्ताल गरेका छन् । क्याम्पस प्रमुख विमला शाक्य लामो

सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुख बिहीन

बैतडी, असोज ०९ । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय