महिनावारी स्वच्छता दिवस सरकारी स्तरबाट बनाउने खानेपानीमन्त्री बिना मगरको घोषणा

बैशाख २१, काठमाण्डौ ।

खानेपानी मन्त्री बिना मगरले हरेक वर्ष २८ मेका दिन मनाइने अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसलाई यसपालिदेखि सरकारी स्तरबाट मनाउने घोषणा गर्नुभएको छ ।

मन्त्रालयमा आयोजित महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बैंठकलाई सम्बोधन गर्दै मन्त्री मगरले दिवसलाई सरकारी स्तरबाट मनाउँदा जनचेतना फैलाउन सहयोग पुग्ने बताउनुभयो ।

‘महिनावारी स्वच्छताको विषय चेतना र संस्कारसँग जोडिन्छ । तसर्थ, यसमा सरकारको प्रत्यक्ष संलग्नता हुनुपर्छ,’ मन्त्री मगरले भन्नुभयो, ‘हाम्रो मन्त्रालयले दिवसलाई सरकारी स्तरबाट मनाउन आवश्यक भूमिका निर्वाह गर्छ ।’

अन्तर्राष्ट्रिय स्तरमा सन् २०१४ देखि मनाउन सुरु गरिएको दिवस नेपालमा सन् २०१५ देखि मनाउन थालिएको थियो ।

हालसम्म महिनावारी स्वच्छताका क्षेत्रमा कार्यरत संघसंस्थाको सहभागितामा दिवस मनाउने गरिएको सञ्जालका संयोजक गुणराज श्रेष्ठले बताउनुभयो ।

‘खानेपानी मन्त्री ज्यूको चासो र निर्देशन बमोजिम अबदेखि सरकारी स्तरबाटै दिवस बनाइने छ ।

’ दिवस मनाउन  खानेपानी मन्त्रालय सँगसँगै स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका र गृह मन्त्रालयलाई समेत संलग्न गराइने जनाइएको छ ।

महिनावारीका विषयमा चेतनास्तर बृद्धि गर्न पुरुषको पनि महत्वपूर्ण भूमिका हुने मन्त्री मगरले बताउनुभयो ।

‘अभिभावकको रुपमा हेरिने भएकाले पुरुषले भनेको सबैले मान्छन्, त्यही अनुसार पुरुषले पनि भूमिका निर्वाह गर्नुप¥यो,’ उहाँले भन्नुभयो ।

बैठकमा महिनावारी स्वच्छताका क्षेत्रमा कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

महन्थ ठाकुरले कैलाली कारागारमा रहेको लक्ष्मण थारुलाई भेटे

धनगढी ,भाद्र ४ ।  राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले  कैलाली कारागारमा रहेको सोही पार्टीका नेता  लक्ष्मण थारुलाई भेटेका छन् ।

डाक्टर गोविन्द केसी अनशनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चल्यो

जुम्ला ,साउन ३ ।  चिकित्सा क्षेत्रको सुधारको माग गर्दै  डाक्टर गोविन्द केसी अनशनरत खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको

डा. गोविन्द केसीको समर्थनमा धनगढीमा पनि प्रदर्शन

धनगढी ,असार ३० । चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा  धनगढीमा पनि प्रदर्शन गरिएको छ । आम नागरीक समुहको