यातायात क्षेत्रको सिण्डिकेट पूर्ण रुपमा अन्त्य , एउटा सवारी साधन भएका सवारी धनीले पनि सवारी सञ्चालन गर्न पाउने

बैशाख २४ , काठमाण्डौ । 
राष्टिय  यातायात व्यवसायी महासंघले  पूर्वघोषित सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ  । सरकार र यातायात व्यवसायीबीच  भएको छलफलबाट ५ बुँदे सहमति भएसँगै यातायात व्यवसायी महासंघले यसअघि  घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । दुबै पक्षले गरेको  ५ बुँदे सहमतिमा यातायात व्यवसायी सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको सरकारी कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेटको अन्त्य गर्न सहमत भएको उल्लेख गरिएको छ ।   

यस्तै सहमती पत्रमा  यातायात क्षेत्रलाई व्यवस्थित  तथा प्रभावकारी बनाउन मन्त्रालयलाई यथाशीघ्र राय परामर्श दिन  सरोकारवाला समेतको प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने पनि समझदारी पनि  भएको छ । 


 एउटामात्र सार्वजनिक सवारी साधन भएको सवारी धनीले पनि सवारी सञ्चालन गर्न प्रचलित कानून अनुसार पाउने समझदारी हुनुका साथै सर्वोच्च अदालतको परमादेश अनुसारको जाँचबुझ आयोग गठनको प्रक्रिया पनि सरकारले अघि बढाउने सहमति भएको छ । 
यतायत ब्यबसायीले दुर्घटनामा परेकाहरुको भने उपचार गर्न नसकिने तर्क अगाडी सरेका छन । आफुहरुको समितीका बैन्क खाता सरकारले रोक्का गरेकोले उपचार गर्न नसकिने उनिहरुको तर्क रहेको छ । 

प्रतिकृया दिनुहोस

निर्मला प्रकरणमा बम दिदिबहिनी निर्दोष छन्- प्रहरी प्रवक्ता सुबेदी

काठमाडौं ,माघ ८ ।   नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण प्रतिष्ठाको विषय बनेको

डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

काठमाडौँ ,माघ ५ ।   चिकित्शा क्षेत्र को  सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

डा .गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं,माघ ४ ।    इलाममा १० दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई आज बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। उँहाको  स्वास्थ्य अवस्था