बाबुराम भट्टराईलाई समेत पार्टी एकतामा सँगै लैजाने कसरत हुँदैछ - मन्त्री बस्नेत


बैशाख २५,भिमदत्तनगर । 
बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेतले  शुक्लाफाटा राष्ट्रिय निकुञ्ज को अवलोकन गर्नु भएको छ । मन्त्री बस्नेतलाई निकुञ्ज का निमित्त प्रमुख गोपाल घिमिरेले निकुञ्ज को अबस्था बारे जानकारी गराएका हुन  । मन्त्री बस्नेतले शुख्लाफाटालाई पश्चिम नेपालको प्रमुख पर्यटकिय गन्तब्य बनाउन सकिनेमा जोड दिएका छन ।   बन मन्त्री बस्नेतले शुक्लाफाटा राष्ट्रिय निकुञ्ज आकर्षण बढाउने खालको कार्यक्रम मन्त्रालय मा पेश गर्न निर्देशन दिनुभएको छ । मन्त्री बस्नेतले भने - अब यो स्थिर सरकारले निकुञ्ज अासपासका पिडित जनतालाई स्थाई राहात   उपलब्ध गराउनेछ र निकुन्जको सुरक्षालाई बिषेश ध्यान दिनेछ । बन तथा बाताबरण मन्त्री बस्नेतले शुक्लाफाटा राष्ट्रिय निकुञ्ज को पुरै अवलोकन गर्नुभएको छ । शुक्लाफाटा अारक्षण २०३१ सालमा स्थापना भई २०७३ फाल्गुन निकुञ्ज भएको हो । यसै बिच कन्चनपुर मै पार्टी कार्यक्रर्ता  भेटका क्रममा म्नत्री बस्नेतले पार्टी एकता  प्रतिशत का हिसावले नभई राजनीति कार्य दिशा र सांगठानिक हिसावले हुने बताए । उनले बाबुराम भट्टराईलाई समेत पार्टी एकतामा सँगै लैजाने कसरत भईरहेको खुलासा समेत गरे ।    

प्रतिकृया दिनुहोस

प्रदेश सातमा विषयगत समितिहरु अझै नेतृत्व विहीन

धनगढी , भदौ ०४ । प्रदेश ७ का विषयगत समितिहरु अझै नेतृत्व विहीन अवस्थामा रहेका छन । प्रदेश सरकार गठन भएको ७ महिना बितिसक्दा पनि विषयगत समितिहरु अझै

नेकपाको प्रदेश ७ को अध्यक्षमा कर्ण थापा र सचिबमा लक्ष्मी जोशीको नाम सिफारिस

काठमाण्डौ ,भाद्र ३ ।  नेकपाको सात नम्बर प्रदेश कार्यदलले पनि प्रतिवेदन बुझाएको छ । निर्धारित समयसीमाभित्रै प्रतिवेदन तयार पारी बुझाइएको कार्यदलका

प्रदेश ७ मा नेकपाको जिल्ला नेत्रत्वको लागी आन्तरिक किचलो शुरु

अत्तरिया ,भाद्र ३ ।  तकालिन एमाले र माओबादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि  कैलालीमा नेत्रित्वको लागी फेरी दौडधुप शुरु भएको छ