धनगढी प्रिमियर लिग डीपीएल–२ क्रिकेट प्रतियोगिताको आयव्ययको विवरण सार्वजनिक

कैलाली, वैशाख २६।

धनगढीमा भएको धनगढी प्रिमियर लिग ९डीपीएल०–२ क्रिकेट प्रतियोगिताको आयव्ययको विवरण सार्वजनिक गरिएको छ । धनगढी क्रिकेट एकेडेमीले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी तीन करोड १२ लाख ७६ हजार २७ रुपैयाँ बराबरको आयव्ययको विवरण सार्वजनिक गरेको हो ।

 

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा गत चैत १७ देखि ३० गतेसम्म डीपीएल–२ प्रतियोगिता सन्चालन भएको थियो । प्रतियोगितामा प्रायोजक, टिकट, प्रवेश शुल्कलगायतबाट नगद एक करोड ९९ लाख ८ हजार ७६२ रुपैयाँ आम्दानी भएको एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए । उनकाअनुसार प्रतियोगिताकाक्रममा एक करोड १३ लाख ६ हजार ६५ रुपैयाँ बराबरको ‘हस्पिटालिटी’लगायतका सहयोग भएका छन् । आयोजकले १० लाख १५ हजार ८५० रुपैयाँ बराबरको टिकट बिक्री गरेको थियो । प्रतियोगिताको पुरस्कारमा ४३ लाख ७० हजार रुपैयाँ खर्च भएको जनाइएको छ । विजेता टिमलाई २५ लाख र उपविजेतालाई १० रुपैयाँ पुरस्कार दिइएको थियो ।

 

यसैगरी, दोस्रो, तेस्रो हुने टिमलाई क्रमशः तीन लाख र दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । योपटकको डीपीएल प्रतियोगितालाई आइसीसीले मान्यता दिनु नै प्रमुख उपलब्धि रहेको एकेडेमीका अध्यक्ष शाहीले बताए । प्रतियोगितामा विराटनगर किंग्स, काठमाडौं गोल्डेन, रुपन्देही च्यालेन्जर्स, टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड गरी ६ टिमको सहभागिता रहेको थियो ।

 

यसैगरी, डीपीएलको अर्को संस्करण सम्भव भएसम्म निर्माणाधीन अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा आयोजना गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । आगामी संस्करणमा ‘होम एन्ड अवे’, ‘डे नाइट’ खेल खेलाउने लक्ष्यसमेत रहेको अध्यक्ष शाहीले बताए । अध्यक्ष शाहीले फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय योजनाकारुपमा घोषणा गरी तीन वर्षभित्रै पूर्णतयार गर्न सरकारलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

डीपीएल क्रिकेट अन्तर्गत आजका दुवै खेल रद्ध , धनगढीे प्रतियोगिताबाट बाहिरियो

धनगढी , फागुन ०४ । मैदानमा पानी जमेका कारण तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तरर्गतका आजका दुबै खेल रद्ध भएका छन । फाप्ला

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर