अर्जुन थापा प्रदेश ७ को सभामुख बन्ने निश्चित

माघ २७ ,धनगढी नेकपा एमालेका सांसद अर्जुन थापा प्रदेश ७ को सभामुख बन्ने निश्चित भएको छ । पार्टीका अन्य आकांक्षी पछि हटेपछि थापाका लागि सभामुख बन्ने बाटो सहज बनेको हो । एमाले र माओवादीबीचको सहमतिअनुसार यो प्रदेशमा एमालेले सभामुुख पाउनेछ ।सभामुखको दाबेदारका रूपमा हेरिएका डडेल्धुराका पठानसिंह बोहरा र कञ्चनपुरका तारा लामा तामाङले सभामुखको दौडमा नरहेको बताएका छन् । लामा संसदीय दलको नेताको प्रतिस्पर्धामा छन् । त्यस्तै डोटीबाट समानुपातिक सांसद पूर्णा जोशीले पनि सभामुखमा दाबी नरहेको बताइन् ।थापाले सभामुखमा सर्वसम्मत हुनेमा ढुक्क रहेको बताए । यद्यपि, एमालेले सभामुखको विषयमा औपचारिक निर्णय गर्न बाँकी नै छ । एमाले सांसद दीर्घ सोडारीले शनिबार बिहानसम्म सभामुखको औपचारिक रूपमा टुंगो लगाइने बताए । यस्तो छ,

सभामुखको शपथग्रहणको तयारी

प्रदेश सभा कार्य सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधिमा सभामुख र उपसभामुखको शपथग्रहणसम्बन्धी व्यवस्था छ । गत आइतबार बसेको प्रदेश संसद्को पहिलो बैठकले पारित गरेको कार्यविधिमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखसमक्ष र उपसभामुखले सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ । सभामुख चयन भइसकेपछि प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहणको कार्यक्रम राखिने संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले बताए ।

सभामुख निर्वाचन कार्यतालिका

मनोनयन दर्ता : २७ गते शनिबार दिउँसो २ देखि ५ बजेसम्म

दाबी–विरोध : २८ गते आइतबार १० देखि १२ बजेसम्म

दाबी–विरोधउपर छानबिन : २८ गते आइतबार १२ देखि २ बजेसम्म

उम्मेदवारी फिर्ता : २८ गते आइतबार २ देखि ४ बजेसम्म

अन्तिम नामावली प्रकाशन : २८ गते आइतबार साँझ ५ बजे

मतदान : २९ गते सोमबार दिउँसो १ बजेपछि

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस कैलालीको प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी,माघ ५ ।  नेपाली कांग्रेस कैलालीको  प्रशिक्षण कार्यक्रम आज (शनिबार) देखि धनगढीमा सुरु भएको छ ।प्रशिक्षणमा जिल्ला भरका झण्डै ५ सय नेता

रवीन्द्र मिश्रको खुल्ला पत्र :हामी अलमलियौं होला, तर मुलबाटो छोडेका छैनौं

काठमाण्डौ,माघ ४ ।    गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो, तर तपाईंहरू सबैलाई अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न

सीडीओ शक्तिशाली बनाएपछि रिसाए मुख्यमन्त्री

काठमाडौं , माघ ४ ।   संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके