अखिल(क्रान्तिकारि)द्धारा गोदावरी नगरपालिका भित्रका एक दर्जन निजी बिद्यालयहरुमा अनिस्चितकालिन तालाबन्दी

अत्तरिया , बैशाख २८ ।
मनोमानी ढंगले शुल्क बढाएको भन्दै नेकपा निकट अखिल(क्रान्तिकारि)ले गोदावरी नगरपालिका भित्रका एक दर्जन निजी बिद्यालयहरुका प्रसासन र लेखा शाखाहरुमा अनिस्चितकालिन तालाबन्दी गरेको छ ।

 

निजी बिद्यालयहरुले मनोमानी ढङ्गले बिभिन्न शिर्षक र उपशिषर्क देखायर अनावश्यक शुल्क लिने काम गरेको र बृद्धि गरेको शुल्क फिर्ता गर्न पटक पटक आग्रह गर्दा पनि अटेर गरेकोले बाध्य भयर तालाबन्दी गर्नुपरेको अखिल (क्रान्तिकारि)का जिल्ला सचिवालय सदस्य तथा क्षेत्र न.द्ध संयोजक महेश पातलीले बताए । संगठनको केन्द्रीय कार्यक्रम अनुसार  अत्तरियाका जेके मावि,होलील्यान्ड मावि, एभरेष्ट मावि,लोटस आई उमाबि,जनकल्याण सेकेन्डरी स्कुल,ज्ञानज्योति सेकेन्डरी स्कुल ,सत्यवति एकेडेमी,गुराँस एकेडेमी,ईमानुयल इंलिश बोर्डिङ स्कुल,माउन्ट ओलिभ इंलिश बोर्डिङ स्कुल,खप्तड बिद्या निकेतन, ,ब्राइट स्टार एकेडेमी  लालपुरको साधनापथ एकेडेमीमा तालाबन्दी गरेको अखिल(क्रान्तिकारि)का क्षेत्रिय संयोजक महेश पातलीले जानकारी दिए ।

 

निजि बिद्यालयहरुले बिभिन्न बाहाना बनाएर बिद्यार्थिहरुबाट पैसा असुल्ने काम तत्काल बन्द नगरे अनिश्चितकालीन शैक्षिक हड्ताल तगायतका थप संघर्षका कार्यक्रमहरु घोषणा गर्ने संयोजक पातलीले  चेतावनी दिए ।

 

प्रतिकृया दिनुहोस

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सुदुरपश्चिमान्चल विश्वबिधालयको आंगिक क्याम्पस बनेपछि शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा

अत्तरिया ,साउन १ ।  अत्तरिया क्षेत्रको ठुलो दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सुदुरपश्चिमान्चल विश्वबिधालयको आंगिक क्याम्पस  बनेपछि आज उदघाटन

शिक्षा क्षेत्रमा सरकारको ठुलो लगानी भएपनी परिणाम आउन सकेको छैन - मुख्यमन्त्री त्रिलोचन भट्ट (भिडियो)

अत्तरिया ,साउन १ ।  मुख्यमन्त्री  त्रिलोचन भट्टले शिक्षा क्षेत्रमा सरकारको ठुलो लगानी भएपनी परिणाम आउन नसकेको बताएका  छन्  । आज अत्तरियामा

अत्तरिया सामुदायिक अध्यन  केन्द्रको शनिबार हुने भनिएको साधारण सभा स्थगित

अत्तरिया ,असार २२ ।  अत्तरिया सामुदायिक अध्यन  केन्द्रको शनिबार हुने साधारण सभा स्थगित भएको छ   । संस्थकी आजिबन सदस्य धर्मी खड्का लगाएत केहि