अब करारमा कर्मचारी नियुक्त गर्न नपाइने

काठमान्डौ , बैशाख २९ ।
अब करारमा कर्मचारी नियुक्त गर्न नपाइने भएको छ । सरकारले स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्त गर्न कडाइ गरेको छ ।

 

सरकारी निकायले जथाभावी खर्च गर्दा राष्ट्रिय ढुकुटीमा चाप पर्न थालेपछि सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी मार्गदर्शन नै बनाएको छ । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको मार्गदर्शनमा नयाँ संरचना र दरबन्दी सिर्जना गर्न र स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्ति गर्न पाइने छैन । सरकारी खर्चमा गोष्ठी, सेमिनार जस्ता कार्यक्रम गर्दा सम्भव भएसम्म सरकारी हल प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

साथै साविकको कार्यालयका लागि थप फर्निचर तथा कम्प्युटर, ल्यापटप, प्रिन्टर खरिद गर्ने मार्गदर्शनमा उल्लेख छ । मर्मत् नगरी फर्निचर, सजावटका सामग्री खरिद गर्न नपाउने व्यवस्था निर्दे्शिकामा छ । मार्गदर्शनले सबै सरकारी कार्यालय र पदाधिकारीहरुलाई आर्थिक मितव्ययीताको दायरामा ल्याएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । निर्दे्शिकामा सार्वजनिक क्षेत्रमा उस्तै किसिमको योजना, कार्यक्रम र कार्ययोजना बेग्लाबेग्लै निकायबाट प्रस्ताव गर्ने र स्रोतको माग गर्न बन्द गर्ने उल्लेख छ ।

 

दातृ निकायबाट प्राप्त हुने रकमलाई दोहोरोपन नहुनेगरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था पनि मार्गदर्शनमा राखिएको छ ।

 

प्रतिकृया दिनुहोस

केन्द्र सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने

काठमान्डौ , भदौ ०५ । सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सबै प्रदेशमा संचार

पेट्रोलियम पदार्थमा फेरी मूल्य बृद्धि

काठमान्डौ , भदौ ०४ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

प्रदेश न २ भाग्यमानी हो,कोलकाता पुग्ने पानी जहाज पनि यसै प्रदेशबाट चल्छ - प्रधानमन्त्री ओली

जनकपुर ,भाद्र २ ।  प्रधानमन्त्री केपी आलीले संविधान संशोधन गर्न सकिने बताएका छन् । शनिबार  प्रदेश २ को संसदलाई सम्बोधन गर्दै संविधान कुनै