दिनरात खटेर पनि आफुहरुले काम अनुसारको पारिश्रमिक नपाएको नर्सहरुको गुनासो

धनगढी , बैशाख ३० ।
१ सय ९८ औं अन्तरराष्टिय नर्सिङ दिवस शनिवार धनगढीमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । लाखौं रकम खर्च गरेर नर्सिक अध्ययन गर्नेहरुको संख्या बढ्दै गएपनि अस्पतालमा नर्सहरुले पाउने पारिश्रमिक भने सोचेअनुसार छैन । न्यून पारिश्रमिकमा काम गर्नुपरेको नर्सहरुको गुनासो छ ।

 

यसबीचमा राज्यले नर्सहरुका लागि सेवा सुविधाका साथै सुरक्षाको व्यवस्था गर्नुपर्ने माग राख्दै नर्सहरुको आन्दोलन जारी छ । पछिल्लो केही वर्ष यता धमाधम नर्सिङ विषय अध्ययन गर्नेहरुको संख्यामा वृद्धि हुदै गएको छ । तर अस्पतालमा काम गर्ने नर्सहरु काम अनुसारको पारिश्रमिक नपाएको अवस्था छ । १ सय ९८ औं नर्सिङ दिवसको अवसर पार्दै नर्सिङ संघ कैलालीले आज धनगढीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

 

झण्डै ७÷८ लाख रुपैया“ खर्च गरेर नर्सिङ अध्ययन गर्ने गरेपनि मासिक १० हजार रुपैया“ पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता छ । नर्सहरु देनिक २४ घण्टा ड्यूटीमा खटिएपनि काम अनुसारको पारिश्रमिक नर्सहरुले नपाएको सेती अञ्चल असपतालमा कार्यरत नेपाल नर्सिङ संघ कैलालीका जिल्ला अध्यक्ष यशोदा ढकालले गुनासो गरे । प्रदेश नं ७ को एक मात्र रेफरल अस्पताल सेती अञ्चल अस्पतालमा पनि हाल ७८ जना नर्सहरु कार्यरत रहेका छन् । अहिले सरकारले भोलेन्टरी नर्सहरु अस्पतालमा राख्न नपाइने नियम लागू गरेपछि अस्पताल विकास समिति र सरकारी नर्सहरु मात्रै कार्यरत रहेका छन् । आम नागरिक र समुदायसंग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण मानिन्छ ।

 

तर, अस्पताल क्षेत्रमा नर्सहरुले असुरक्षित महसुस गर्नुपरेको छ । दैनिक २४ घण्टा ड्यूटीमा खटिनुपर्ने भएकाले कतिपय नर्सहरुमाथि हातपात समेत हुने गरेको छ । त्यसका लागि र सरकारले पनि नर्सहरुका लागि सेवा सुविधासंगै सुरक्षाको व्यवस्था गर्न पनि जरुरी रहेको नेपाल नर्सिङ संघका अध्यक्ष ढकाले बताए । यसैबिच आफ्ना मागहरु राख्दै देशभरका नर्सहरुले आन्दोलन पनि जारी राखेका छन् । नर्सले काम गरेवापत उचित पारिश्रमिको व्यवस्था, अस्पताल क्षेत्रमा नर्सहरुकालागि सुरक्षाको व्यवस्था र निजी अस्पतालमा २४ घण्टा काम गर्ने नर्सहरुका लागि पनि सरकाले सेवा सुविधा दिनुपर्ने नेपाल नर्सिङ संघको माग छ ।

 

प्रतिकृया दिनुहोस

उपचार छोडेर चिकित्सकहरुले स्वास्थ्य संस्थाहरु ठप्प पारे

धनगढी ,भाद्र १७ ।  नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा समेत ठप्प पारिएको छ।डाक्टर तथा

नेपाल चिकित्सक संघद्धारा आन्दोलनको घोषणा

काठमान्डौ, भदौ१६ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ ।  सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र

महन्थ ठाकुरले कैलाली कारागारमा रहेको लक्ष्मण थारुलाई भेटे

धनगढी ,भाद्र ४ ।  राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले  कैलाली कारागारमा रहेको सोही पार्टीका नेता  लक्ष्मण थारुलाई भेटेका छन् ।