धान जोन परियोजनाः दुई हजार पाँच सय मेट्रिक टन धान उत्पादन

कञ्चनपुर , बैशाख ३० ।
कञ्चनपुरमा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण ‘धान जोन परियोजना’ अन्तर्गत दुई हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ ।

 

भीमदत्त र कृष्णपुर नगरपालिकामा सञ्चालन गरिएको धान परियोजनाअन्तर्गत ५०० हेक्टर क्षेत्रफलमा सो परिमाणको धान उत्पादन भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण ‘धान जोन परियोजना’ कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत गोकुलप्रसाद बोहराले भीमदत्तनगरमा ५५० बिघा र कृष्णपुरमा २०० बिघामा धान खेती गरिँदैआएको छ ।

 

आव २०७५÷७६ देखि भीमदत्त नगरपालिका–१, ३ र कृष्णपुर–५ र ७ मा सो परियोजना लागू हुनेछ । परियोजनाअन्तर्गत जिल्लामा चालु आव २०७४÷७५ मा रु तीन करोड १२ लाख ३९ हजार बजेट परिचालन भएको छ । पूँजीगततर्फ रु नौ लाख ४२ हजार र चालुतर्फ रु तीन करोड २ लाख ९७ हजार बजेट विनियोजन गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

भारतबाट आयात हुने केरामा रोक लगाउन कृषकहरुले माग

धनगढी , असोज १६ ।  कैलाली र कञ्चनपुर,बांके ,बर्दियाका व्यावसायिक केरा खेती गर्ने कृषकहरुले भारतबाट आयात हुने केरामा रोक लगाउन माग गरेका छन् । भारतबाट

दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गएको प्रति ७ नं प्रदेशका सरोकारवालाद्धारा चिन्ता व्यक्त

कैलाली , साउन २८ । मुलुकमा दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गइरहेको प्रति प्रदेश ७ का सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । फाया नेपालले आयोजना