१२ वर्षको अवधिमा नेपालबाट २१ हजार बालबालिका र युवा हराए

काठमाडौँ,वैशाख ३०। 
१२ वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन् । बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष ०६३र६४ देखि ०७४र७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ । चालू आवको आठ महिनामा मात्र देशभरबाट एक हजार ६०८ बालबालिका हराएको उजुरी परेको छ । केन्द्रका अनुसार पाँचदेखि १८ वर्ष उमेर समूहका बालबालिका र युवा गरीबी, गालीगलौज र घर छाडेर भाग्ने गरेका छन् ।

केन्द्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सीताराम रिजालले चालू आवमा हराएका एक हजार ६०८ मध्ये ६६५ पुरुष र ९४३ महिला हराएको उजुरी केन्द्रमा परेको जानकारी दिए । ‘चालू आवको साउनदेखि चैत मसान्तसम्म हराएकामध्ये ५३९ जनालाई फेला पारेका छौँ’, उनले भने । फेला परेकामध्ये सबैलाई परिवारको जिम्मामा लगाइसकिएको उनको भनाइ थियो । १२ वर्षमा हराएका २१ हजार ४३५ मध्ये पुरुष १० हजार ४६२ र महिला १० हजार ९७३ छन् ।

सोमध्ये १० हजार ७४४ फेला परेको र १० हजार ६९१ अझै बेपत्ता छन् । यसैगरी चालू आवमा बेवारिसे ३२६ जना फेला पारेका छन् । फेला पारिएका बेवारिसेमध्ये २०३ लाई परिवारसँग पुनर्मिलन गराइदिएको, १२१ लाई संरक्षणगृहमा राखिएको र दुई जना पुनः बालगृहबाट भागेको केन्द्रले जनाएको छ । आव ०६३र६४ देखि ०७४र७५ सम्म चार हजार ४९९ जना बेवारिसे अवस्थामा फेला परेका छन् । तीमध्ये दुई हजार ९८१ पुरुष र एक हजार ५१८ महिला छन् ।

बेवारिसे अवस्थामा फेला पारिएकामध्ये तीन हजार ४३८ लाई सम्बन्धित परिवारको जिम्मा लगाइएको र ८८३ जनालाई संरक्षणमा राखिएको छ । यसैगरी संरक्षणमा राखिएको अवस्थामा १२ वर्षका अवधिमा १६९ जना भागेका छन् । ‘परिवारको पत्ता नलागेका र घर फर्काउन सक्ने अवस्थामा नरहेकाहरुलाई संरक्षणगृहमा राखिएको हो’, प्रमुख रिजालले भने । केन्द्रीय बालकल्याण समितिका अधिकृत रामबहादुर चन्दले गरीबी, मानव बेचबिखन, सामाजिक मूल्यमान्यता, परिवारले बेवास्ता गर्नुलगायत कारणले हराउने गरेको जानकारी दिए । उनले हराएकाहरुलाई खोजी गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए । चन्दले हराएका बालबालिकालाई चाँडो खोजी गर्नका लागि समितिले सम्बन्धित निकायलाई खबरदारी गर्ने काम गरिरहेको पनि स्पष्ट पारे ।रासस
 

प्रतिकृया दिनुहोस

काठमाडौं उपत्यकाबाट २२ लाख यात्रु बाहिरिए

काठमाण्डौ ,असोज ३१ ।  काठमाडौँ उपत्यकाबाट दशैँ मनाउन २२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु

काठमाण्डौ,असोज २४ ।  टीकाको साइत कात्तिक २ गते बिहान ९: ५१ मा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व

कांग्रेसद्वारा सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राख्ने निर्णय पुनःविचार गर्न सरकार संग माग

काठमाण्डौ ,असोज २२ ।  नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशको राजधानीको गोदावरीको संस्थागत रुपमा नै बिरोध शुरु गरेको छ । उसले  प्रदेशको राजधानी