प्रदेश ७ मा सबैभन्दा धेरै जंगल

काठमाडौँ,वैशाख ३० । 
देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश ७ मा छ । वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७।९६ प्रतिशत जंगल छ । सबैभन्दा थोरै प्रदेश २ मा नौ लाख ५८ हजार ९७० हेक्टर क्षेत्रफलमध्ये दुई लाख ६३ हजार ६३० हेक्टर ९२७.४९ प्रतिशत० जंगल छ ।

यसैगरी प्रदेश नं १ मा २३ लाख १० हजार ९७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ३४ हजार २५० हेक्टर ९४३.४४ प्रतिशत०, प्रदेश ३ मा २० लाख ३० हजार ३०० हेक्टर क्षेत्रफलमध्ये १० लाख ९० हजार ८८० हेक्टर ९५ं३.७३ प्रतिशत०, प्रदेश ४ मा २१ लाख ९५ हजार ८८० हेक्टर क्षेत्रफलमध्ये आठ लाख १७ हजार २९० हेक्टर ९३७.२२ प्रतिशत० जंगल छ । प्रदेश ५ मा १९ लाख ३२ हजार ६० हेक्टर क्षेत्रफलमध्ये नौ लाख ७४ हजार ३८० ९५०.४३ प्रतिशत० र प्रदेश ६ मा ३० लाख ६७ हजार ८१० क्षेत्रफलमध्ये ११ लाख ८३ हजार ४०० ९३८.५७ प्रतिशत० जंगल छ ।

विभागका सूचना अधिकारी किरण पोखरेलले सन् २०१० देखि २०१४ मा देशभर विभागले गरेको अध्ययनलाई आधार मानेर प्रदेशअनुसार वनको क्षेत्रफल निकालिएको बताए । ‘देशभरका हरेक स्थानीय तहमा कति वन छ भन्नेबारे पनि विभागले अध्ययन गरिरहेको छ’, उनले भने । स्थानीय तहअनुसार वनलाई छुट्याएपछि ती तहलाई वनसम्बन्धी योजना बनाउन सहज हुने उनको भनाइ थियो ।रासस
 

प्रतिकृया दिनुहोस

केन्द्र सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने

काठमान्डौ , भदौ ०५ । सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सबै प्रदेशमा संचार

पेट्रोलियम पदार्थमा फेरी मूल्य बृद्धि

काठमान्डौ , भदौ ०४ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

प्रदेश न २ भाग्यमानी हो,कोलकाता पुग्ने पानी जहाज पनि यसै प्रदेशबाट चल्छ - प्रधानमन्त्री ओली

जनकपुर ,भाद्र २ ।  प्रधानमन्त्री केपी आलीले संविधान संशोधन गर्न सकिने बताएका छन् । शनिबार  प्रदेश २ को संसदलाई सम्बोधन गर्दै संविधान कुनै