महेन्द्रनगरवाट प्यूठानका लागी हिडेको यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु ,, २५ जना घाईते

कञ्चनपुर , बैशाख ३० ।
महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको यात्रुवाहक बस प्यूठानको बडडाँडामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस आज बिहान प्यूठानको सरुमारानी गाउँपालिका बड्डाँडा पाकुरी खोला नजिकै दुर्घटना हो ।

 

जिल्ला प्रहरी कार्यालय, प्यूठानका अनुसार ३ महिला र २ पुरुषको मृत्यु भएको छ । मृतकमध्ये बस चालक कैलाली चौमालाका वीरबहादुर थारुको मात्रै सनाखत हुन सकेको छ । दुघर्टनाका २५ घाइतेमध्ये १६ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ भने ९ जनालाई बुटवल लगायतका अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मल्लरानी गाँऊपालिका–३ का तीर्थराज पोख्रेल , गुल्मी अल्गुंगका तारा विष्ट , दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा , जगदीश खत्री , रिगल खातुन , प्यूठान नगरपालिका–३ साढेखाला ईश्वर खड्का , महेन्द्रनगर कञ्चनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर घाइते भएका छन् ।

 

त्यसैगरी, दुर्घटनामा परी मल्लरानी गाँऊपालिका चुँजाठाटीका सुश्मा चौधरी , बैतडी पुचौडी नगरपालिका–६ का प्रकाश रावत, चितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्रप्रसाद तिमल्सिना , रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर वि.क. , सपना वि.क. , गौमुखी गाँऊपालिका–४ का थमजीत वि.क. , कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी घाइते भएका छन् । प्रहरीका अनुसार, घाइते झिमरुक गाँऊपालिका–३ का प्रेम केसी , प्यूठान नगरपालिका–१० दहखोलाका गोमा गिरीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

 

दुर्घटनामा परेकाहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीहरुको सहयोगमा खोज तथा उद्धार गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

निर्मला प्रकरणमा बम दिदिबहिनी निर्दोष छन्- प्रहरी प्रवक्ता सुबेदी

काठमाडौं ,माघ ८ ।   नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण प्रतिष्ठाको विषय बनेको

डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

काठमाडौँ ,माघ ५ ।   चिकित्शा क्षेत्र को  सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

डा .गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं,माघ ४ ।    इलाममा १० दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई आज बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। उँहाको  स्वास्थ्य अवस्था