गएराती चलेको भिषण हावा हुरीका कारण गोदावरी नगरपालिकामा लाखौ रकम बरावरको धनजनको क्षेती ,, गौरीगंगा नगरपालिकामा एक जनाको ज्यान गयो

गो.न.पा २ मा रहेको सु.प समाबेशी बिधालयको भवनमा लगाएका टिनका छानाहरु गएरातीको हावाहुरीले उडाएपछिको अबस्था

हेमराज भट्ट , अत्तरिया बैशाख ३१ ।
गएराती कैलाली जिल्लामा भिषण हावाहुरी चलेको छ । राति करिब साढे ९ बजेतिर चलेको भिषण हावा हुरीका कारण कैलाली जिल्लाका बिभिन्न ठाउहरुमा लाखौ रकम बराबरको धनजनको क्षेती भएको खबर आउन थालेका छन् ।

 

राती खाना खाएर सुत्ने तयारीमा रहेका अधिकाश ंस्थानियहरुका घरको छानो उडाएको छ भने अधिकाशंको घरका भित्ताहरु भत्किएका छन् । यस्तै करिब १ घण्टा सम्म चलेको अत्याधिक भिषण हावाहुरीले सडकका छेउछाउमा रहेका रुखहरु सडकको बिचमा ढल्दा विभिन्न ठाउहरुमा यातयतका साधनहरु आवात जावतमा समस्या भैरहेको छ । अत्तरिया , धनगढी लगाएतका बजारहरु रहेका पसलहरुका टिनका छानाहरु उडाएको छ भने बिधुतका पोलहरु पनि ढलेका छन् ।

 

हावाहुरीका कारण कैलालीको गोदावरी नगरपालिका बिभिन्न बस्तीहरु किसानहरुले लगाएको खेतीवालीमा ठुलो क्षेती पुञ्याएको स्थानियहरुले बताएका छन् । गोदावरी नगरपालिकाको वडा नं ४ खैरानाका प्रेम देउवाको घरको पुरै छानो उडाएर लाखौ रुपैयाको धनमालको क्षेती पुञ्याएको स्थानियबासी भिम बोहाराले जानकारी दिएका छन् । यस्तै गोदावरी नगरपालिकाको बडा नं २ मा रहेको अपाड्गता भएका बालबालिकाहरु अध्यानरत बिधालय सु.प समाबेशी बिधालयका दुईवटा भवनमा लगाएका टिनका छाना र तरकारी फर्ममा लगाएको तारजाली सबै उडाएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरिक्षक हिक्मत बोहोराले जानकारी दिए । उनका अनुसार गएरातीको हावा हुरी अहिले सम्म गोदावरी नगरपालिका भित्र  मानवीय क्षेती भएको खबर नआएको र क्षेतीको विबरण संङ्कलन भैरहेको बताए ।

 

मानबिय भन्दा भौतिक संरचनाहरुमा ठुलो क्षेती भएको देखिएको छ उनले भने — काहा कतिको क्षेती भयो भन्ने बारे अहिले नै एकिन तथ्याङ् आउन सकेको छैन् । उता हावाहुरीका कारण गौरीगंगा नगरपालिका एक जनाको महिलाको ज्यान गएको छ । राती घरमा सुतिरहेको अबस्थामा एक्कासी आएको भिषण हावाहुरीले कच्ची घरको छानो शरिरमा खस्दा गौरीगंगा नगरपालिका वडा नं १ माघीटोल बस्ने चारुमति बुढाको ज्यान गएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बोहाराले जानकारी दिए ।

 

फोटोमा हेनुृस

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप बढ्दो

धनगढी , जेठ १४ । धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप अत्यधीक बढेको छ। ट्राफिक चौराह देखि क्याम्पस चोकसम्मको धनगढी बजार

धनगढी गोलीकान्ड को आशंकामा दिनभर थुनामा परेका अत्तरियाका दुई स्थानिय रिहा

धनगढी,१३ जेठ । धनगढी गोलीकान्डको आशंकामा पक्राउ परेका दुई जनालाई प्रहरी छोडेको छ । आज बिहान अाई एम ईमा कार्यरत निर्मल  कार्कीलाई ब्याँकबाट पैसा

अत्तरिया जुनियर जेसिजको आयोजनामा ७ दिने उद्घोषण तालिम सुरु

अत्तरिया , जेठ १३ । कैलालीको अत्तरियामा आईतवारदेखि ७ दिने उद्घोषण तालिम सुरु भएको छ । अत्तरिया जुनियर जेसिजको आयोजना र गुरास एकेडेमीको आर्थिक सहयोगमा