नेपाल टेलिकमले चालू आर्थिक वर्षमा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्यो ।

बैशाख ३१,काठमाण्डौ । 
नेपाल टेलिकमले चालू आर्थिक वर्षको सुरुको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले केही समयअघि प्रकाशित गरेको वित्तीय विवरणमा उक्त नाफा देखिएको हो ।

गत वर्षको सुरुको नौ महिनामा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ मुनाफा गरेको थियो । यस अवधिमा गत आर्थिक वर्षको तुलनामा टेलिकमले ४ दशमलव ७२ प्रतिशत नाफा वृद्धि गरेको छ ।

कम्पनीको वित्तीय विवरणअनुसार सो अवधिमा टेलिकमले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ३२ अर्ब ८६ करोड ८९ लाख १७ हजार रुपैयाँ रहेको थियो । जसअनुसार आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले आम्दानीमा समेत ३ प्रतिशत बढाएको छ ।

समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्य स्रोतबाट ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

गत आर्थिक वर्षको सो अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट ३ अर्ब ११ करोड ९४ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिकृया दिनुहोस

कैलाली उधोग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले सपथ लिए

धनगढी,पुस ३० ।  कैलाली उधोग  बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको आज  शपथ ग्रहण तथा पदस्थापना गरिएको छ। पुष २८ गते सम्पन्न निर्बाचनमा

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्बाचित

धनगढी,पुस २९ ।  कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। केही बेर अघि  सम्पन्न मतगणना अनुसार   संघको

कैलाली उद्योग वाणिज्य संघको मतगणनामा कुँवर प्यानल अगाडी

धनगढी,पुस २८ ।  कैलाली उद्योग वाणिज्य संघको मतगणनाको पहिलो नतिजा आएको छ ।  २४९ मत गणना हुँदा अध्यक्षका उम्मेदवार पुष्पराज कुँवरले ११८  मत ल्याउनु