नेपाल वन पैदावार उद्योग व्यवसायी संघ प्रदेश ७ को अध्यक्षमा प्रकाशचन्द्र भट्ट निर्विरोध चयन

जेठ १ , धनगढी । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ, प्रदेश ७ को अध्यक्षमा प्रकाशचन्द्र भट्ट निर्विरोध चयन भएका छन् ।

धनगढीमा हिजो  सम्पन्न संघको प्रथम अधिवेशनबाट अध्यक्षसहितको प्रदेश समिति निर्विरोध चयन भएको हो ।संघको वरिष्ठ उपाध्यक्ष वीरबहादुर बुढाथोकी, उपाध्यक्षमा शेरसिंह माल र पदम ओझा छनोट भएका छन् । त्यसैगरी सचिवमा खडक बम, कोषाध्यक्षमा जयराज भट्ट, सहसचिवमा महेश्वर ओझा, सहकोषाध्यक्ष नारायण संग्रौला, वरिष्ठ सदस्यमा धनानन्द लेखक, सदस्यमा बम बहादुर रेग्मी, जगदिश खत्री, महिला सदस्यमा लक्ष्मी शाही चयन भएका छन् ।प्रदेश समितिमा संघका जिल्ला अध्यक्षहरु पदेन सदस्य रहने प्रावधान छ ।संघको अधिवेशनको उदघाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

पन्त हत्या प्रकरण - स्थानीयले गरेको आन्दोलनका कारण कन्चनपुरमा तनाब कायमै

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले

वास्तविक अपराधी लुकाउन खोजेको भन्दै महेन्द्रनगरमा तनाब

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले बास्तबिक हत्यारा लुकाउन खोजेको भन्दै

निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

कञ्चनपुर , भदौ ०४ । कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरिएको छ । हत्या