भरतको साईकल मोह - खप्तड सम्मको साईकल यात्रा तय गर्दै

 

 

जेठ १ ,अत्तरिया । 
गोदावरी नगरपालिका -८  का भरत बिक्रम शाहालाई साईकल मोहोले छोपेको धेरै भएको छैन तर अहिले उनी १ लाख ३८ हजार पर्ने साईकल खरिद गरेर दैनिक घण्टौ  साईकलमा सवार छन । बच्चै देखीको साईकलको मोह भएपनी करिब ३ बर्ष  अघिदेखी उनी ब्यबसायिक साईकलको लङ ड्राईभिङ गर्दै आएका छ्न्  ।

स्वास्थको लागी साईकल चढनु राम्रो हुने उनको तर्क छ । साईकल चढन थालेपछी अहिले  आफ्नो तौल  निकै घटेको उनले बताए । अहिले सम्म उनले एक दिनमा २०० किलोमिटर सम्मको  साईकल यात्रा गरेका छन । कैलाली र कन्चनपुरका अधिकांस ठाउँहरुमा उनले साइकल यात्रा पुरा गरेका छन । सुदुरपश्चिम साईकलिङको लागी राम्रो गन्तब्य भएको उनको तर्क छ । "तराई पहाड हिमाल सबै कुरो हामी सँग छ", उनले भने- "भिरालो बाटो देखी तराईका फाटहरुमा  साईकल चलाऊनु को आनन्द अर्कै हुन्छ" । शुरु शुरुमा पहाडमा साईकल चलाउन मज्जाले लडेको अनुभब पनि उनले बोकेका छन ।

अबको उनको गन्तब्य पर्यटकिय क्षेत्र खप्तडमा साईकलमा पुग्नु रहेको छ । उनी अहिले त्यसको योजनामा रहेका छन । उनले भने - सम्भबत अर्को हप्ता तीन जाना साईकल यात्री सहित खप्तड जाने योजना मा छौ । उनले अहिले सम्म आफु जस्तै साईकलिङ गर्ने साथीहरु पाएका छैनन । रहरले त धेरै आउछन तर निरन्तरता दिने धेरै कम हुने गरेको उनको भनाई रहेको छ । खप्तडमा साईकल पुर्याएर यस्तो क्षेत्रको पर्यटन बिकासमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वाश रहेको छ । यस क्षेत्रमा साईकलिङको सम्भाबना रहेकोले भारतका साईकलिङ गर्ने  पर्यटकलाई पनि आक्रर्षण गर्न सकिने उनको तर्क रहेको छ ।

खप्तड जाने आफ्नो योजनालाई सहयोग गरीदिन उनले गोदावरी नगरपालिकालाई पनि आग्रह गरेको बताए । कैलालीमा साईकल संघ नहुँदा यो पेशा प्रती आक्रशण बढाउन समस्या भएको शाहाको भनाई रहेको छ । छिट्टै साइकलिङमा शोख भएकालाई जम्मा गरेर कैलालीमा साईकल संघ खोल्ने उनको योजना रहेको छ । आफुले गरीरहेको साईकल ड्राईभिङको बिकास प्रती खासै कसैले चासो नदेखाएको उनको गुनासो रहेको छ ।
   

प्रतिकृया दिनुहोस

दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गएको प्रति ७ नं प्रदेशका सरोकारवालाद्धारा चिन्ता व्यक्त

कैलाली , साउन २८ । मुलुकमा दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गइरहेको प्रति प्रदेश ७ का सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । फाया नेपालले आयोजना

कैलालीमा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित

धनगढी , साउन २० । कैलालीमा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित भएका छन् । किसानहरूले आज धनगढीमा विरोध

प्रदेश ७ मा छिट्टै नेपाल पर्यटन बोर्डको अफिस स्थापना गरी आन्तरिक पर्यटनलाई भित्र्याउने गृहकार्य थलानी गर्दैछौं - पर्यटनमन्त्री रबिन्द्र अधिकारी

धनगढी ,असार ३१ ।  संघिय सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीले प्रदेश नम्बर ७ को पर्यटन बिकासको लागि पर्यटन उद्यम मैत्री वातावरण सृजना गरिरहेको