The Karnali Wonderful One DAY -कर्णालीमा पहिलो पटक एक सय डुङ्गामा एक हजार चार सय जानाले एकै चोटी र्याफ्टिङ गर्ने

जेठ १ , अत्तरिया ।  
गोदावरी चेम्बर अफ कर्मस अत्तरियाले प्रदेश नं ७ को प्रमुख प्रयटकिय क्षेत्र कर्णली नदीमा बृहत र्याफ्टिङ आयोजना गर्ने भएको छ । सम्बृद्धिका लागी पर्यटन भन्ने मुल नाराका साथ नेपालमै पहिलो पटक एक सय डुङ्गामा एक हजार चार सय जना मानिसहरुलाई एकै साथ राखेर र्याप्टिङ् गराईने भएको छ । आयोजक गोदावरी चेम्बर अफ कर्मसले आज अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएको हो । कार्यक्रमको  जिल्ला समन्वय समिति कैलालीको मुख्य प्रबद्धक रहेको छ  । यस क्षेत्रका धार्मीक , सामाजिक ,सास्कृतिक बिकासका सम्भावनालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तराट्रिय स्तरमा पहिचान गराउन कार्यक्रमको आयोजाना गरिएको गोदावरी चेम्बर अफ कर्मस अत्तरियाका अध्यक्ष बिनोद मल्ल बिप्लपले  बताए  । उनले  र्याफ्टिङ ब्यबसाय र जलमार्गको सम्भावनाको प्रचार प्रसार एबम् प्रबर्धन गर्न ,धार्मीक क्षेत्रलाई ब्यपाक बनाउन , ब्यबसायिक रुपमा र्याप्ङिका लागी यातायत सेवा पहल गर्न , जलमार्गको सम्भावनालाई उजागर गर्न र प्रदेश न ७ को प्रमुख प्रबेशद्धारमा रहेको कर्णली , चिसापानी , त्रिवेणीलाई पर्यटन गन्तब्य स्थल अलगै रुपमा स्थापित गरी रोजगारीको अबसर सृजना गर्न कार्यक्रमको आयोजना गरिएको बताए  । जिल्ला सम्न्वय समितीका संयोजक  सुर्य बाहादुर थापाले कैलाली भ्रमण बर्षकै अबधीमा आयोजना हुने यो कार्यक्रमले कैलालीको पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले  यो कार्यक्रम हेर्दा महत्वाकाँक्षी भएपनी यस क्षेत्रमा आउने पर्यटकका लागी अत्यन्तै महत्वपूर्ण साबित हुने बताए  । र्याफ्टिङमा नेपाल र भारतका पत्रकार, ब्यबसायी र अन्य सर्बसाधारण  गरेर झण्डै एक हजार जानाको  सहभागिता  हुने आयोजकले जनाएको छ । र्याप्ङि यहि जेठ १८ गते एक दिनका लागी मात्रै हुने भएको छ । 

प्रतिकृया दिनुहोस

बेहडाबाबा मन्दिर व्यबस्थापन समितिलाई १ लाख ३० हजार रकम पर्ने ६ सेट डिजिटल सोलार हस्तान्तरण

जेठ् १४ , धनगढी ।  अार्थिक मामिला तथा योजना मन्त्री झपट वहादुर बोहराले बेहडाबाबा मन्दिर  व्यबस्थापन समितिलाई १ लाख ३० हजार रकम पर्ने  ६ सेट डिजिटल

आहा ! घोडाघोडी ताल

    जेठ १३  , शुख्ख्ड ।  कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित सिमसार क्षेत्रमा सुचिकृत घोडाघोडी ताल क्षेत्रलाई अब घोडाघोडी नगरपालिकाले

डोटीको शिखर नगरपालिकाले तेले लेक संरक्षणका लागि गुरु योजना बनाउदै

जेठ ९ , डोटी ।  डोटीको शिखर नगरपालिकाले तेले लेक संरक्षणका लागि गुरु योजना बनाउने तयारी गरिरहेको छ । शिखर नगरकार्यापालिकाको शनिवार तेले लेकमा बसेको