हुरी बतासले बिधालयको पुरै छानो उडाएपछी अपाङ्गता भएका बालबालिकाहरु बिचल्लीमा

हेमराज भट्ट , अत्तरिया जेठ ०२ ।

आईतवार राती आएको भिषण हुरी बतासका कारण शारिरिक रुपले अपाङ्ग एबम् अशक्त भएका बालबालिकाहरु बिचल्लीमा परेका छन् । गोदावरी नगरपालकिाको बडा नं २ मा रहेको सु.प समाबेशी आधारभुत बिधालयको पुरै छानो उडाएर लगेपछि स साना बालबालिकाहरु समस्यामा परेका छन् ।

 

बिधालयमा अध्यारत शारिरिक रुपमा अशक्त रहेका करिब ४० जना बालबालिकाहरु हुरी बतासका कारण निकै त्रसित भएको बिधालयका संस्थापक अध्यक्ष मान बाहादुर साउदले जानकारी दिए । रातीको समयमा खाना खाएर सुतेका बालबालिकाहरु एक्कासी आएको हावाहुरी पछि भागाभाग पर्दा बिधालयमा रहेकि परिचरका कारण बालबालिकाहरुको ज्यान जोगाउन सफल भएको उनले बताए । उनका अनुसार जिल्ला बिकास समिति कैलालीले बालबालिकाहरु अध्ययन गर्नका लागी बनाईदिएको २ काठे भवनको र छाया नेपालले बनाएको भान्सा घरको माथी लगाएको पुरै छानो उडाएर काम नलाग्ने बनाएको बताए ।

 

 

उनले हुरी बतास संगै आउको बर्षाका कारण् बिधालय भवनका भित्र रहेका जिन्सी तथा खाध्यान्न समानहरुमा लाखौ रकम बराबरको क्षेती पुञ्याएको बताउनुभयो । झण्डै सबै बालबालिकाहरुको लास मात्रै फेला पर्थो दुखेसो पोख्दै उनले भने – कसरी कसरी रातीको समय त्यो पनि लाईट नभएको ,त्यो बेला बिधालयमा बालबालिकाहरुको सहयोगका लागी भन्दै राखिएकि दिदिले बचाइन् । बिधालयमा रहेका ३ ओटा भवन मध्ये २ भवनको छानो उडाएपछि एक भवन पक्कि हुदा अहिले सबै बालबालिकालाई त्याहि भवनमा बसाल्ने गरेको उनले बताए । अब आर्थीक छैन सबैको सहयोग र मायाले चलिरहेको स्कुलको हालत यस्तो भयो उनले भने – सहयोगका लागी बिभन्न ठाउहरुमा भनेका छौ र कहि कतैवाट सहयोग मिल्छ कि भन्ने आशा पनि गरेका छौ ।

 

आईतवार रातीको भिषण हुरीबतासले बिधालयको छानो , काठ , खाध्यन्न सामागी्रहरु ,लत्ताकपडा , कम्युटर लगाएर ८ लाख ३३ हजार बराबरको क्षेती हुन पुगेको ईलाका प्रहरी कार्यालय मालाखेतीले गरेको प्रारम्भिक अनुगमनवाट पत्ता लागेको अध्यक्ष साउदले बताए । प्रदेश न ७ को एक मात्रै शारिरिक रुपमा अशक्त , अपाड्ग एबम् घरपरिवारवाट छुट्टिएका बालबालिकाहरुलाई शिक्षा , स्वास्थ्य आबास लगाएतको सेवा सुबिधा दिदैै आएको यो बिधालय बिभिन्न सहयोगी संघसस्थाहरुवाट संञ्चालन भैरहेको छ । ४ सम्म पढाई हुने यस बिधालयमा अहिले ४० जना बालबालिकाहरु रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप बढ्दो

धनगढी , जेठ १४ । धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप अत्यधीक बढेको छ। ट्राफिक चौराह देखि क्याम्पस चोकसम्मको धनगढी बजार

धनगढी गोलीकान्ड को आशंकामा दिनभर थुनामा परेका अत्तरियाका दुई स्थानिय रिहा

धनगढी,१३ जेठ । धनगढी गोलीकान्डको आशंकामा पक्राउ परेका दुई जनालाई प्रहरी छोडेको छ । आज बिहान अाई एम ईमा कार्यरत निर्मल  कार्कीलाई ब्याँकबाट पैसा

अत्तरिया जुनियर जेसिजको आयोजनामा ७ दिने उद्घोषण तालिम सुरु

अत्तरिया , जेठ १३ । कैलालीको अत्तरियामा आईतवारदेखि ७ दिने उद्घोषण तालिम सुरु भएको छ । अत्तरिया जुनियर जेसिजको आयोजना र गुरास एकेडेमीको आर्थिक सहयोगमा