‘हेम मल्ल स्मृति’ आम सञ्चार पुरस्कार चटौत र भण्डारीलाई दिइने

माग २७, धनगढी ।  सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय मञ्चले स्वर्गीय हेम मल्लको स्मृतिमा स्थापित ‘हेम मल्ल स्मृति’ आम सञ्चार पुरस्कार धीरेन्द्रराज चटौत र मुकुण्दराज भण्डारीलाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ । स्वर्गीय मल्लको पत्नी अनिता खनिया मल्लबाट प्राप्त एक लाख रुपैया र सामाजिक संघसंस्था एवम् विभिन्न व्यक्तिहरुको सहयोगमा गरी स्थापना भएको १ लाख ५० रुपैयाको अक्षयकोषबाट उक्त पुरस्कार पहिलो पटक दिन लागिएको हो । पुरस्कारका लागि छनोटमा परेका चटौत र भण्डारीले रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेमा डोटेली भाषाको कार्यक्रम हजारी मालाको सुरुवात गरेका थिए । स्वर्गीय मल्लको माघ २६ गते परेको जन्मदिनको अवसरमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । यसैगरी, विगत चार वर्षदेखि वितरण हुँदै आएको परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार डेउडा गायक यज्ञराज उपाध्यायलाई प्रदान गरिने जनाइएको छ । दुवै पुरस्कारको राशी ११ हजार १११ रुपैया रहेको छ । 
 

प्रतिकृया दिनुहोस

मोडलिङमा रमाउदै कञ्चनपुरका भुपी

अत्तरिया , साउन ०१ । पछिल्लो समय मोडलिङको दुनियामा एउटा फरक अनुहारका रुपमा दर्शकहरुले भुपी अर्थात भुपी उपाध्याय लाई देख्दै आएका छन् । धेरैले सोध्छन्

चक्र बमको “मेरि माया पटपटानी” सार्बजनिक (भिडियो सहित)

अत्तरिया ,असार २ ।  पछिल्लो केही बर्ष यता नेपाली गीत सङितको क्षेत्रमा चर्चा कमाउन सफल गायक तथा मोडेल चक्र बमको “मेरि माया पटपटानी” को म्युजिक

12 AM a Reminder Film को च्यारेटी शो यही जेठ २६ गते हुने

  जेठ १७, अत्तरिया ।   सुदुरपश्चिमका केही  युवाहरु मिलेर सानो पर्दाको नेपाली कथानक चलचित्र निर्माण गरेका छन् । ज्ञद्द ब्ः  ब्