मकालु एयरको बेपत्ता भएको विमान हुम्लामा दुर्घटनाग्रस्त भेटियो

जेठ २ ,हुम्ला । 
सुर्खेतबाट सिमिकोटका लागि उडेको  मकालु एयरको बेपत्ता भएको  विमान फेला परेको छ  । आज बिहान कार्गो लिएर उडेको बिमान  सम्पर्कविहीन भएको थियो  ।  यसअघि विमान बाजुरामा भेटिएको खबर आएको भएपनी  सूचना गलत भएको बुझिएको छ । हुम्लाको  खार्कोनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान दुर्घटना अबस्थामा  फेला परेको हो ।  हुम्लाबाट माउन्टेन एयरको दुई वटा हेलिकप्टरले खोजी कार्य जारी राखेको थियो  । उक्त  नाईन एन जेयु विमानमा चालक दलका सदस्य किरण भट्टराई र आदित्य नेपाली सवार थिए । दुर्घटनामा परी चालक दलक दुबै  जनाको निधन भएको छ ।    

प्रतिकृया दिनुहोस

नेपाल आमाको मुर्तीले पूर्व र पश्चिमलाई जोड्ने छ -जगतगुरु बालसन्त मोहनशरण देवाचार्य

गेटा ,साउन ३ ।  नेपालको प्रमुख जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन करोड नेपाली जनताले अब  नेपाल आमा ढोग्न सुदूरपश्चिम आउनुपर्ने बताएका छन  

प्रदेश ७ मा आर्थिक वर्ष २०७४÷७५ को झण्डै पौने ४ अर्ब विकास बजेट फ्रिज

कैलाली , साउन ३ । प्रदेश नम्बर ७ मा आर्थिक बर्ष २०७४÷७५ को झण्डै पौने चार अर्ब बजेट फ्रिज गएको छ । विगतका आर्थिक बर्षहरु झै यस बर्ष पनि प्रदेश ७ मा तीन

अटो व्यवसायी आन्दोलित

कञ्चनपुर , साउन ३ । भीमदत्त नगरपालिकाले दोहोरो कर उठाएको भन्दै कञ्चनपुरका अटो व्यवसायी आन्दोलनमा उत्रेका छन् । यातायातमा कर तिर्दै आएकोमा