गड्डाचौकीबाट आधा किलो सुन सहित दुई भारतीय नागरिक पक्राउ

जेठ २ , कचनपुर । 
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले  आधा किलो सुन सहित दुई भारतीय नागरिकलाई  पक्राउ गरेको छ ।HR 12AF 0006 नम्बरको भारतीय जिपबाट भारत लैजादै गरेको अबस्थामा बरामद गरिएको हो । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मदन दाहालले विषेश सूचनाका आधारमा भारतीय युवकलाई भन्सारकै चेक पोस्टबाट  पक्राउ गरिएको जानकारी दिए  । उनका अनुसार लेबल नलागेको आधा किलो सुन सहित भारतको हरियाणाका जितेन्द्र शैनिक र सुरेश कुमारलाई पक्राउ गरिएको छ । पक्राउ गरिएको सुनको बजार मुल्य २५ लाख रहेको प्रमुख भन्सार अधिकृत दाहालले बताए । 

प्रतिकृया दिनुहोस

कैलालीको बर्दगोरियामा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते

गोविन्द बीसी ,कार्तिक २८ बौनिया कैलालीको बर्दगोरिया गाउँपालिका-१ कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते भएका छन् ।  बिरामी बोकेर

छुट्टाछुटै दुर्घटनामा परी कैलाली र डोटीमा दुई बालकको ज्यान गयो

कैलाली , कात्तिक २८ । कैलाली र डोटीमा भएको छुट्टाछुटै दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ । कैलालीको टीकापुरमा ट्याक्टरको ठक्करवाट र डोटीमा

सासंद प्रेम आलेमगरलाई गृहजिल्लामै कालोझण्डा

डोटी , कात्तिक २९ । नेकपाका नेता एबम् प्रतिनिधि सभा सासंद प्रमे बहादुर आलेमगरलाई उनकै गृह जिल्लामा कालो झण्डा देखाइएको छ । मड्गलवार जिल्ला समन्बय