एमाले र माओबादी पार्टी आज एकता हुँदै, पार्टी एकता हुने भएपछी कार्यक्रतामा खुशीयाली

जेठ ३ ,काठमाण्डौ । 
आज एमाले– माओवादीबीच पार्टी एकताको घोषणा हुने भएको छ ।  एकता संयोजन समितिको बैठक सकिएपछी पार्टी एकताको औपचारिक घोषणा हुनेछ । बैठकले एकताको प्रतिवेदन अनुमोदन गर्ने र  पार्टी एकताको निर्णय गर्ने जनाइएको छ ।पार्टी घोषणापछि ४ सय ४२ सदस्यीय केन्द्रीय कमिटी बैठकले पार्टी एकता भएको जानकारी दिन निर्वाचन आयोगमा पत्राचार गर्ने र ४ बजे संयुक्त घोषणा सहितको पत्रकार सम्मेलन गर्ने दुबै पार्टीका नेताहरुले जनाएका छन । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज  बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । नयाँ पार्टीमा  विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ ।हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ । यसै बिच पार्टी एकता हुने भएपछी दुबै तिर खुशीयाली हुन थालेको छ । जिल्ला जिल्लामा पार्टी कमिटीहरुले दिपवाली मनाउने कार्यक्रम अघी सरेका छन । 

प्रतिकृया दिनुहोस

निर्मला प्रकरणमा बम दिदिबहिनी निर्दोष छन्- प्रहरी प्रवक्ता सुबेदी

काठमाडौं ,माघ ८ ।   नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण प्रतिष्ठाको विषय बनेको

डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

काठमाडौँ ,माघ ५ ।   चिकित्शा क्षेत्र को  सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

डा .गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं,माघ ४ ।    इलाममा १० दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई आज बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। उँहाको  स्वास्थ्य अवस्था