एकीक्रत नेपाल कम्युनिष्ट पार्टीमा प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई शपथग्रहण गराए

जेठ ३ , काठमाण्डौ । 
लामो कसरतपछि दुई ठूला कम्युनिस्ट पार्टीहरु एमाले र माओवादी केन्द्रन्द्र बिच पार्टी एकता भएको छ । काठमान्डौमा एक कार्यक्रमको आयोजना गरी  नेपाल कमुनिस्त पार्टीको घोषणा गरेका हुन  ।  नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने टुंगो लागेको छ । सांगठनिक र विधानसम्बन्धी प्रतिवेदनलाई एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले टुंगो लगाउँदै केन्द्रीय कमिटीको संख्या यकिन गरेका हुन् । सहमतिअनुसार केन्द्रीय कमिटीमा एमालेको ५४.६४ प्रतिशत र माओवादीको ४५.३५ प्रतिशत हिस्सेदारी रहनेछ ।एकीकृत पार्टीको स्थायी समिति ४३ सदस्यीय बनाउने टुंगो लागेको छ   ।  एमालेबाट २५ र माओवादीबाट १८ सदस्य रहन्छन् । पोलिटब्युरो भने केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् बढीमा १४५ सदस्यीय रहने गरी गठन गर्ने समझदारी भएको छ ।एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड गठन भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज  बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । हाइकमाण्डमा  नारायणकाजी श्रेष्ठलाई प्रवक्ता तोकिएको छ भने विष्णु पौडेल महासचिव बनेका छन् ।पार्टीको नयाँ सरचना अनुसार  सबैभन्दा माथि स्थायी समिति हुनेछ । त्यसपछि क्रमशः पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगर/उपमहानगर/नगर कमिटी, गाउँपालिका कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीसहित १० वटा तहगत संरचनाको कमिटी बन्ने समझदारी भएको छ । यसै बिच एमाले र माओवादी केन्द्र बिघटन भएपछिको संयुक्त बैठकमा एकीकृत पार्टीको केन्द्रीय समितिका सदस्यले शपथग्रहण गरेका छन् ।उनीहरुलाई प्रधानमन्त्री एवं पूर्व एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।केन्द्रीय समितिको शपथग्रहण अघि प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई शपथग्रहण गराएका थिए । 

प्रतिकृया दिनुहोस

७ नम्बर प्रदेशमा बिघठित एमाले र माओबादी केन्द्र भित्रका गुटउपगुटले खेल्न खोज्दैछन् ,सचेत रहनु होला- लेखराज भट्ट (भिडियो सहित )

जेठ १२ , अत्तरिया ।  नेपाल कम्युनिष्ट पार्टीका स्ठायी कमिटी सदस्य लेखराज भट्टले दुई बाम पार्टीको एकताले जनतामा नयाँ  उत्साहा आएको बताएका छन ।

स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी छलफल शुरु

जेठ ११ , धनगढी ।  प्रदेश ७ मा आज  बसेको संसद बैठकले  स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई

बिकास निर्माणका काममा ढिलासुस्ती र लापरबाही गर्नेलाई कडा कार्बाही हुन्छ - गृहमन्त्री थापा

जेठ ९ , धनगढी ।  गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले बिकास र सम्रिधी लागी शान्ती सुरक्षा पहिलो शर्त भएको बताएका छन । सात नम्बर प्रदेशको सुरक्षा