एघार बर्ष पछी चमेलिया को सपना पुरा

माघ २७ , दार्चुला

 निर्माण कार्य सूरु भएको एघार वर्ष पछि दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका १ बलाँचमा रहेको ३० मेघावाट क्षमताको चमेलीया जलविद्युत्त आयोजना सम्पन्न भएको छ। सन् २००७ देखि आयोजनाको निर्माण कार्य थालिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले  शनिवार आयोजनाको उद्घाटन गरे। प्रदेश नम्बर ७ मा सरकारी लगानीबाट निर्माण भएको यस क्षेत्रको सबैभन्दा ठूलो ३० मेघावाटको चमेलिया जलविद्युत आयोजनाले  व्यवसायीक विद्युत उत्पादन सुरु  भएको छ।शैल्यशिखर नगरपालिका १ बलाचमा निर्माण भएको उक्त आयोजनाले पौष २८ मा १५ मेगावाटको विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोडिसकेको र दोस्रो युनिटको १५ मेगावाट विद्युतको पनि एक साता अगाडि उत्पादन सुरु गरेको आयोजनाले जनाएको छ। आयोजना सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौता भन्दा झण्डै ६ वर्ष पछि निर्माण सकिएको हो। ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत सुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ। ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना सम्पन्न हुँदासम्म करिब १५ अर्ब लागेको  आयोजना प्रमुख अजय दहालले बताए। चमेलियाले वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ। आयोजनाका अनुसार वार्षिक एक अर्ब १० करोड आम्दानी हुने र त्यसबाट उठेको रोयल्टीको १० प्रतिशत स्थानीयले पाउने छन।सन् २००७ मा आयोजना निर्माण सुरु गरि सन् २०११ मा सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनामा चार पाँच पटक समयावधि थपिएको थियो। सन् २०१७ डिसेम्बरमा विद्युत्त बाल्ने लक्ष्यका साथ काम गरेको आयोजनाले अन्तिममा सन् २०१८ को फरवरीमा निर्माण सम्पन्न गरेको आयोजना प्रमुख अजय कुमार दाहालले बताए।बलाँचबाट १ सय ३१ किलोमिटर लामो कैलाली जिल्लाको अत्तरियामा रहेको सब स्टेसनमा १ सय ३२ केभी प्रशारण लाइनबाट उत्पादित विद्युत्त राष्ट्रिय प्रशारणमा जोडिने छ। बर्ष भरी दैनिक ६ घण्टा ३० मेघावाट विद्युत्त उत्पादन गर्ने नेपालकै पहिलो प्रविधि युक्त चमेलीयाको विद्युत्त उत्पादन पछि सात नम्बर प्रदेश बाहेक देशका अन्य प्रदेशहरुमा पनि लोडसेडिङ अन्त्य गर्ने  नेपाल विद्युत प्राधिकरणका  कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

प्रतिकृया दिनुहोस

अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी कसरत शुरु ,आगामी असोज १२ गते साधारण सभा हुने

अत्तरिया ,भाद्र ३० ।  अत्तरिया उधोग बाणीज्य संघको  साधारण सभा आगामी असोज १२ गते हुने भएको छ । बर्तमान कार्यसमितीको तीन महिना थपिएको कार्यकाल पनि

ब्यक्तीगत इगो मा अल्झिएको कैलाली उधोग बाणिज्य संघको निर्बाचन

धनगढी,भाद्र १७।  नक्कली सदस्यताको बिबादको विषयलाई लिएर देश कै चर्चित उधोग बाणिज्य संघ " कैलाली उधोग बाणिज्य संघ" को नयाँ निर्बाचन अन्यौल बनेको छ

प्रदेश ७ का जनतालाई असहज हुने गरी कर बढाइएको छैन - अर्थमन्त्री बोहोरा

अत्तरिया ,भाद्र १५ ।  प्रदेश सातका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले प्रदेश सातमा जनतालाई  असहज हुने गरी कर नलगाइएको बताएका छन्  ।