बिद्यालय पोशाक तथा शैैक्षिक सामग्री वितरणपछि बिद्यालय छोड्ने दरमा कमी आयो

जेठ ८ , डोटी । 
डोटीको  पोखरी र लडागडाका बिपन्न वालवालिकाहरुलाई शैक्षिक सामग्री तथा बिद्यालयपोशाक बितरण गरिएपछि उनिहरुको बिद्यालय भर्ना तथा बिचैमा कक्षा छोड्ने दरमा कमी आउन थालेको छ  । विपन्न बालबालिकाहरु बिद्यालयभर्ना नहुने, बिचैमा छोड्ने लगायतका समस्याहरु रहेकोमा बिपन्न बालबालिकाहरुलाई हरेक बर्ष बिद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु  बितरण गर्न थालिएपछि उनिहरुको भर्ना दर तथा बिचैमा कक्षा छोड्ने दरमा उल्लेख्य रुपमा बृद्धि भएको सुनादेबीमाबि लडागडाका प्रधानाध्यापक नवराज पाठकले बताए । डोटीको पोखरी र लडागडास्थित बिभिन्न बिद्यालयहरुमा बिद्यालय भर्ना तथा बिचैमा कक्षा छोड्ने दरमा कमी ल्याई उनिहरुको शैक्षिक उपलब्धी हासिल गराउनमा सहयोग गर्ने उद्देश्यले गुड नेवर्स इन्टरने्शनल नेपालकोे सहयोगमा सामुदायिक बिकास केन्द्र डोटीले सन २०१६ साल देखि बिपन्न बालबालिकाहरुलाई केन्द्रीत गरेर शैक्षिक सामग्री तथा बिद्यालय पोशाक बितरण गर्दै आएको छ । शैक्षिक सामग्री तथा बिद्यालय पोशाकबितरणले पोखरी क्षेत्रका बिद्यालयमा शत प्रतिशतबिद्यार्थी भर्ना भएका र माथिल्लो कक्षामा समस्याको रुपमा रहेको बिचैमा कक्षा छोड्ने दरमा कमी आएको पुर्बिचौकी गाउँपालिका वडा नं. ७पोखरीका वडा अध्यक्षप्रकाश साउँदले बताए । बिद्यालय जानबाट बन्चित बिपन्न वालवालिकाहरुको बिद्यालयमा निरन्तरता तथा शैक्षिक उपलब्धीमा सुधार गर्ने उद्देश्यले गुड नेवर्स इन्टरने्शनल नेपाल संगको साझेदारीमा संचालित सामुदायिकबिकास परियोजनामार्फत सामुदायिकविकास केन्द्र डोटीले शैक्षिक सामग्रीतथाबिद्यालयपोशाकबितरण गर्न थालेको सो संस्थाका शिक्षा बिकास अधिकृत एकराज बडुले जानकारी दिए  ।शिक्षाबिकास अधिकृत एकराज बडुका अनुसार चालु शैक्षिकशत्रको लागिलडागडा र पोखरी स्थित १६ बिद्यालयका१८८४ बिपन्न छात्रछात्राहरुलाई ४६ लाख ६० हजार बराबरको विद्यालय पोशाक,कापी, सिसाकलम,सुइटर,कलम, झोला, औजारबक्स, जुत्तामोजा लगाएका शौक्षिक सामग्री बितरण गरिएको छ । 


 

प्रतिकृया दिनुहोस

कक्षाकोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालयको दैनिक पठनपाठन प्रभावित

गोविन्द बीसी , कैलाली असार ४ कैलाली–शिक्षकले कक्षामा पढाउदै गर्दा कक्षाकोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि कैलालीको एक विद्यालयको दैनिक

नेपाल विद्यालय कर्मचारी परिषदको अध्यक्षमा पुनः बहादुर खड्का , निजामती कर्मचारी सरहको सुविधाका लागि ‘काठमाडौं जाउँ अभियान’ चलाइने

अत्तरिया , असार १ । नेपाल विद्यालय कर्मचारी परिषदको अध्यक्षमा पुनः बहादुर खड्का निर्वाचित भएका छन् । काठमाडौंको थापाथली स्थित अन्नपूर्ण चुल्होमा

बालकल्याण माविको १६ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

गोविन्द बीसी , अषाढ १ लम्की कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर९१ लम्की भुरुवा स्थित बालकल्याण माध्यमिक बिद्यालयको १६ औं वार्षिकोत्सब तथा