बिकास निर्माणका काममा ढिलासुस्ती र लापरबाही गर्नेलाई कडा कार्बाही हुन्छ - गृहमन्त्री थापा

जेठ ९ , धनगढी । 
गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले बिकास र सम्रिधी लागी शान्ती सुरक्षा पहिलो शर्त भएको बताएका छन । सात नम्बर प्रदेशको सुरक्षा गोष्टीमा सहभागी हुन धनगढी पुगेका मन्त्री थापाले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले शान्ती सुरक्षामा कमी हुन नदिन कुनै कसुर बाँकी  नराख्ने बताए । "भ्रष्टाचार ,तस्करी ,सिण्डिकेट पुरै निरुसाहित  गर्न सरकार लागेको छ", उनले भने- "बिगतमा स्थिर सरकार नहुँदा बिकास ले गती लिन सकेको थिएन अब ढिलासुसुती अनिमितता कुनै पनि हालतमा स्विकार गर्न सकिन्न" । उनले भने- युबाहरुलाई लागु औषधका कारोबारीहरुले कैलालीमा पनि पुरै कुलतमा लगाएको पाइएकोले अब ति कारोबारीहरुलाई पुरै निर्मुल पार्ने बताए ।  बिप्लव नेतृत्वको पार्टी संवादका माध्यमबाट शान्तिप्रकृयामा नआए   सरकार कानुनी बाटोमा जाने थापाको भनाइ रहेको छ । उनले कुनैपनि क्षेत्रमा हुने  सिण्डिकेट स्वीकार्य नहुने  चेतावनी दिदै यातायातको सिण्डिकेट हटाएर शुरु गरेको अभियान सबै खालको सिण्डिकेट अन्त्य नगरेसम्म नरोकिने बताए ।कैलालीको टिकापुर लगाएतका क्षेत्रमा शान्ती सुरक्षा कम्जोर हुँदै गएको हो भन्ने पत्रकारहरुको प्रश्नमा गृहमन्त्री थापाले भने - अब सरकार कडाईका साथ अगाढी बढेपछि अपराधीहरु अन्तिम अबस्थामा अत्तालिएर त्यस्ता गतिबिधीमा सग्लगन  हुन सक्ने आरोप लगाए । उनले बिकास निर्माणका काममा ढिलासुस्ती , लापरबाही गर्नु कानुनको उलघन गर्नु भएकोले कानुन उलङ्हन गर्ने कसैलाई नछोडिने बताए । काममा ढिलासुस्ती गर्ने ठेकेदार र ब्यक्तीहरुको बिबरण सन्कल गर्ने कार्य  भइरहेकोले  गृहमन्त्री थापाले निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारहरुमाथिको कारबाही तिब्र पारिएको बताए । 

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ ।  स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस