बिधालयको स्तरोउन्नतिका लागी सप्ताहा ज्ञान माहायज्ञको आयोजना

हेमराज भट्ट ,अत्तरिया माघ २७ ।
कैलालीको गोदावरी नगरपालिका बडा नं ४ खैरानामा माहायज्ञको आयोजना गरिने भएको छ । महाशिवरात्रिको अवसर पारेर ग्वासी समैजी धार्मीक माहामहोत्सव मुल आयोजक कमिटिले खैराना स्थित सरस्वती प्राथामिक बिधालयकाको प्रङ्गणमा माहायज्ञको आयोजना गरिन लागीएको जानकारी दिएको छ । गाउघरमै गुणस्तरीय शिक्षा , धर्म कला र संस्कृतिको रक्षा भन्ने मुल नाराका साथ यहि फागुन १ गतेदेखि ८ गते सम्म लाग्ने श्रीमद् भागवत सप्ताहा ज्ञानमाहायज्ञकोे तयारी तिब्र पारिएको मुल आयोजक कमिटिका सचिब शेर वाहादुर बिष्टले जानकारी दिए । गोदावरी नगरपालिकाको बडा नं ४ खैरानामा २०४६ सालमा स्थापना भएको सरस्वती प्राथामिक बिधालयको अबस्था नाजुक बन्दै जान थालेपछि बिधालयको स्तरोउन्नतिका साथ साथै कला सस्कृतिको संरक्षण गर्नका लागी सप्ताहा ज्ञान माहायज्ञको आयोजना गरिएको उनले बताए । गाउटोलमा रहेका बालबालिकाहरुलाई सस्तो र सुलब रुपमा गुणस्तीय शिक्षा प्रदान गर्ने उध्ेश्यका साथ स्थापना भएको बिधालय हाल आर्थिक अभावका कारण बन्द हुने अबस्थामा पुगिसकेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र बाहादुर सिंहले बताए । उनले बिधालयको स्तारोउन्नतिका लागी कुनै पनि निकायवाट सहयोग प्राप्त हुन नसकेपछि बिधालय संञ्चालन निकै कठिनाई भैरहेको उहाले दुखेसो पोखे । उनले भने — कक्षा ५ सम्म पढाई हुने यस बिधालयमा छात्र र छात्रा गरि अहिले १६२ जना बालबालिकाहरु अध्यान गरिरहेको छन् । यहा शिक्षकहरु ७ जना छन् । जसमा ३ जना दरबन्दीमा ,१ जना राहातमा भएपनि बाकि भने निजि सो्रतवाटै तलब खाईरहेकाछन् । बिधालयको अबस्था दिनप्रतिदिन नाजुक बन्दै जादा निजि सो्रतमा रहेका शिक्षकहरुलाई तलब खुवाउन निकै समस्या भैरहेको उनले बताए । बिधालयको पढाईमा सुधार ल्याएपनि बिधार्थीहरु बस्नकालागी पहिला त भवन नै छैनन् उनले भने — दशकौ पुराना बिधालयको अहिले सम्म मर्मत सम्भार भएको छैन् । गोदावरी नगरपालिकाको कार्यालयले यो पटक १ लाख रुपैया दिएको थियो त्यो बिधालयको गेट बनाउन ठिक्क भयो । ब्यवस्थापन समिति ,शिक्षक ,टोलबासीको पनि कमजोरी रहेको औल्याउदै उनले यस पटक आफुहरुले सप्ताहा माहायज्ञको आयोजना गरि यसवाट संङ्कलन भएको रकम बिधालयको मर्मत सम्भारमा लगाईने बताए । बिधालय स्थापना भएको दशकौ भईसक्दा पनि बिधालयको मर्मत संम्भार नहुदा बर्खाको बेला टिनवाट पानी चुहेर बिधार्थीहरुको पढाई नै प्रभाबित हुने गरेको उनले बताए । उनले बिधालयमा पानीका धाराहरु भएको भएपनि धारामा पानि नै नआउदा बिधार्थी एबम् शिक्षकहरुलाई शौचालय जान समेत समस्या भैरहेको बताए । आफु सहयोगका लागी बिभिन्न निकायमा  गएको भएपनि सहयोग गर्ने आश्वासन मात्रै पाएको तर सहयोग कहिवाट प्राप्त नभएपछि धर्म कला जोगाउनका साथ साथै केहि आर्थिक पनि संङ्कलन गर्न सकिन्छ भन्दै माहायज्ञको लगाईरहेको उनले बताए । सप्ताहा ज्ञान माहायज्ञका लागि तयारी तिव्र पारिएको आयोजक कमिटिका सचिब बिष्टले जानकारी दिए । उहाले माहायज्ञका लागि मूर्ति बनाउने, निमन्त्रणा कार्ड छाप्ने ,माहायज्ञ लाग्ने ठाउ सिड्गार्ने कामहरु लगायतका आवस्यक सबै तयारी भैरहेको उनले  बताए । धार्मिक महोत्सबमा योग बिज्ञान सिबिर , १०९  शालिग्राम पुजन, पाठ परायण,बृहत  भागवत चर्चा , रुद्रि र भजन किर्तन लगायतका कार्यक्रमहरु रहने छन् । ७ दिन सम्म चल्ने धार्मिक माहामहोत्सवमा सनातन हिन्दु संसकृतिका प्रचारक एबम् राष्ट्रिय कथा बाचक भगवत् शरण माहाराजले कथा बाचन र योग गुरु गोबिन्द्र प्रसाद बोहोराले योग बिज्ञान शिबिर संञ्चलन गर्नुहुने छ । धार्मिक माहामहोत्सवमा भक्तजनहरुले तुला दान, भूमिदान, गौदान र अन्नदान गर्न सक्ने आयोजकले बताएको छ ।  

 

 

प्रतिकृया दिनुहोस

त्रिनगर मावि धनगढी बालविकास केन्द्र बन्द, शिक्षिका निकाला

धनगढी, मंसिर २८ ।   धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको बालविकास केन्द्र विद्यालय प्रशासनले बन्द गरेको छ । प्रशासनले उक्त

यस बर्ष एसइई १० चैतबाट शुरु हुँदै -सामाजिक मन्त्रालयले उत्तरपुस्तिका छपाउँदै

काठमाण्डौ, मंसिर १३ ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाण्डौ ,असोज २० ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा