स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी छलफल शुरु

जेठ ११ , धनगढी । 
प्रदेश ७ मा आज  बसेको संसद बैठकले  स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक श्रोत समितिमा पठाएको छ।  सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले पेश गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धीमा बनेको विधेयकमाथि भएको छलफल पछि समितिमा पठाइएको छ। बैठकलाई सम्बोधन गर्दै सामाजिक बिकास मन्त्री सोडारीले  केन्द्रको कानुन र अर्थ मन्त्रालयको निर्देशनअनुसार विधेयक तयार भएको र जिल्ला समन्वय समितिका सदस्य, स्थानीय तह कार्यपालिका सदस्य र वडा सदस्यले विभिन्न ठाउँमा राखेका मागलाई ध्यानमा राखेर प्रदेश  सरकारको संसदीय समितिले विधेयक तयार गर्ने जानकारी दिए।यस्तै, मन्त्री सोडारीले पेश गरेको सार्वजनिक लिखित प्रमाणिकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफाबार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ।आजको बैठकले संसदीय समितिका दुई सदस्यको जिम्मेवारी पनी  हेरफेर गरेको छ। यसअघि सामाजिक विकास समितिको सदस्य रहेका सांसद लिलाधर भट्टलाई विधायन तथा प्रदेश मामिला समितिमा र विधायन तथा प्रदेश मामिला समितिमा रहेकी शुशिला बुढाथोकीलाई सामाजिक विकास समितिमा तोकिएको सभामुख अर्जुनबहादुर थापाले संसदलाई जानकारी गराए ।  दुबै सांसदको  रुचिअनुसार समितिमा बस्ने निवेदन पेश गरेपछि बैठकबाट जिम्मेवारी हेरफेर गरिएको हो । 
 

प्रतिकृया दिनुहोस

सेरिमोनियल भएपनी राजसंस्था नेपालमा आबश्यक भईसक्यो - राप्रपा अध्यक्ष कमल थापा (भिडियो)

धनगढी, पुष २ ।   राप्रपा अध्यक्ष कमल थापाले राजा सहितको लोकतन्त्रको आवाज उठन शुरु भएको बताउनु भएको छ । सोमबार  धनगढीमा आयोजित पत्रकार सम्मेलनमा

अध्यक्ष ओलिले भने - 'निर्धक्क सँग आफ्ना कुरा राख्नुहोस् '

काठमाण्डौ,पुष २ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा ११ बजेदेखि बैठक सुरु भएको हो।मंसिर

१२औं महाधिवेसनको पूर्वसन्धामा रहेको नेबिसंघ कैलालीमा बिबाद

अत्तरिया,पुष १ ।  नेपाल विद्यार्थी संघको १२ औ महाअधिवेसनको पूर्वसन्धामा कैलाली जिल्ला अधिवेसन तयारीका लागि एकलौटी निर्णय गरेको भन्दै केही