७ नम्बर प्रदेशमा बिघठित एमाले र माओबादी केन्द्र भित्रका गुटउपगुटले खेल्न खोज्दैछन् ,सचेत रहनु होला- लेखराज भट्ट (भिडियो सहित )

जेठ १२ , अत्तरिया । 
नेपाल कम्युनिष्ट पार्टीका स्ठायी कमिटी सदस्य लेखराज भट्टले दुई बाम पार्टीको एकताले जनतामा नयाँ  उत्साहा आएको बताएका छन । पार्टी एकता पछी आज पहिलो पटक  आफ्नो गृह क्षेत्र पुगेका नेता भट्टले आफ्नै निवासमा शुभकामना दिन आएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । पूर्व मन्त्री समेत रहेका नेता भट्टले अब माओबादी र् एमाले बिघटन भईसकेकोले कार्यकर्तालाई गुट- उपगुटमा नलागी एक ढिक्का भएर लाग्न निर्देशन दिए । "सात नम्बर प्रदेशमा पूर्व एमालेमा पनि गुट उपगुट र माओबादीमा पनि गुटउपगुट थिए अहिले पनि फेरी त्यही प्रब्र्ती र पात्रले खेल्न खोज्दैछन ", उनले भने- "अब बिघटन भएका दुबै पार्टीका गुटउपगुट भत्काएर नया तरिकाले पार्टीलाई अगाडी बढाउनु पर्छ"।  । उनले भने- नेत्रित्वको बिषयमा केही समस्या छैन बिगत को जस्तै दुबै पार्टी भित्र खेल्ने प्रब्र्तीले पार्टीलाई सही ठाउँमा लैजान सक्दैन । नेता भट्टले पार्टीका माथिल्ला कमिटीमा सात नम्बर प्रदेशबाट सहभागिता हुन नसक्नु आफुहरु भित्रको टुटफुटको राजनितीको परिणाम भएको बताए । भट्टले  बिगतको जस्तै गुटउपगुट बनाईराख्ने हो भने केन्द्रका नेताहरुले पनि आफुहरु माथि खेलिराख्ने र एक ठाउमा आउन नदिने खेल दोहरिने तर्फ सचेत रहन कार्यकर्तालाई निर्देशन दिए । नेता भट्टलाई गेटा बिमानस्थलबाट पार्टीका नेता कार्यकर्ताले स्वागत गर्दै निवास सम्म पुर्याएका थिए । 

प्रतिकृया दिनुहोस

सेरिमोनियल भएपनी राजसंस्था नेपालमा आबश्यक भईसक्यो - राप्रपा अध्यक्ष कमल थापा (भिडियो)

धनगढी, पुष २ ।   राप्रपा अध्यक्ष कमल थापाले राजा सहितको लोकतन्त्रको आवाज उठन शुरु भएको बताउनु भएको छ । सोमबार  धनगढीमा आयोजित पत्रकार सम्मेलनमा

अध्यक्ष ओलिले भने - 'निर्धक्क सँग आफ्ना कुरा राख्नुहोस् '

काठमाण्डौ,पुष २ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा ११ बजेदेखि बैठक सुरु भएको हो।मंसिर

१२औं महाधिवेसनको पूर्वसन्धामा रहेको नेबिसंघ कैलालीमा बिबाद

अत्तरिया,पुष १ ।  नेपाल विद्यार्थी संघको १२ औ महाअधिवेसनको पूर्वसन्धामा कैलाली जिल्ला अधिवेसन तयारीका लागि एकलौटी निर्णय गरेको भन्दै केही