धनगढीमा एक ब्यक्ती माथि गोली प्रहार , घटनामा संग्लग्न भएको आशंकामा प्रहरीद्वारा दुई जाना पक्राउ

जेठ १३ , धनगढी 

प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा एक ब्यक्ती माथि गोली प्रहार भएको छ । धनगढीको  बीच बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहने ठाउँमा गोली हानेर रकम लुटिएको छ । गोली लागेर अाईएमईमा कार्यरत  निर्मल कुमार कार्की घाईते भएका छन ।  आफू गोली लागेर ढल्दा पनि नजिकै रहेका प्रहरी र स्थानीयबासी रमिते बनेको उनले आरोप लगाएका छन  ।कार्कीको पाखुरा र छातिमा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट पेस्तोलको गोली बरामद गरेको छ ।घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।  सिद्धार्थ बैंकबाट पैसा लिएर फर्किंदै गर्दा मूल सडकमै उनलाई  गोली हानेर लुटिएको हो  ।लुटेराहरुले उनि माथि गोली हानेर  साढे नौ लाख रुपैयाँ लुटेका थिए  ।घटनामा सँगल्गन भएको आशंकामा प्रहरीले गेटाबाट दुई जाना पक्राउ गरेको छ । । पक्राउ गरेकाहरु माथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

योग दिबसको अबसरमा ७ नम्बर प्रदेशका सबै मन्त्रीद्वारा योग अभ्यास

धनगढी , असार ७ ।  योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७का मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भयको छ । चौथो अन्तराष्ट्रिय

अत्तरिया पतंजलि योग समितिले यसरी मनायो चौथो अन्तराष्ट्रिय योग दिबस (फोटो सहित )

हेमराज भट्ट , अत्तरिया असार ०७ । आज चौथो अन्तराष्ट्रिय योग दिबस प्रदेश नं ७ का साथै देश बिदेशमा बिभिन्न कार्यक्रमहरु गरि मनाईदैछ । सोहि अबसरमा

अत्तरियावाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

अत्तरिया , असार ०६ । कैलालीमा अत्तरियावाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको टोलीले गोदावरी