धनगढी गोलीकान्ड को आशंकामा दिनभर थुनामा परेका अत्तरियाका दुई स्थानिय रिहा

धनगढी,१३ जेठ ।
धनगढी गोलीकान्डको आशंकामा पक्राउ परेका दुई जनालाई प्रहरी छोडेको छ । आज बिहान अाई एम ईमा कार्यरत निर्मल  कार्कीलाई ब्याँकबाट पैसा झिकेर फर्किने कर्ममा गोली प्रहार भएको थियो । गोली प्रहार गरेर अग्यात समुह फरार भएको छ ।  

 

कार्कीलाई गोली प्रहार गरेर उनिसँग रहेको साढे नौ लाख लुटेको आशंकामा प्रहरीले गेटामा चेकजाँचका क्रममा दुई जानलाई  पक्राउ गरेको थियो । अत्तरिया ईलाका प्र्हरी कार्यालयबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो  । यदपी   उनीहरुबाट बरामद भएको रकम र निर्मल कार्कीबाट लुटिएको रकम बराबर रहेको पाए प छि उनिहरुलाई पक्राउ गरिएको हो  ।

 

प्रहरीले दिनभरीको अनुसन्धान पछि लुटपाटको घट्नामा उनीहरुको संलग्नता रहेको प्रमाण फेला नपरेपछि केहीबेर अघी उनिहरुलाई मुक्त गरेको हो। दुबै जना अत्तरीयाकै बासिन्दा भएको बुझिएको छ भने प्रहरीले  उनीहरुबाट बरामद भएको नौ लाख रुपैया प्रभु बैंकबाट झिकिएको खुलेको छ । कार्कीले भने सिद्धार्थ बैंकबाट रकम झिकेका  थिए ।कार्कीलाई लुटपाट गर्नेहरुले प्रयोग गरेको मोटरसाईकलको नम्बर र उनीहरुबाट बरामद भएको मोटरसाईकल नम्बर पनि फरक पाईएको थियो ।
 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु , ४ जना घाईते

डडेल्धुरा , माघ ८ । डडेल्धुरामा फरक–फरक स्थानमा परेको चट्याङ लागेर आज २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा आलिताल

अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरण - राजु कडायत पनि पक्राउ

धनगढी,माघ ८ ।  अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरणमा अहिले सम्म ७ जना पक्राउ परेका छन्। अहिले सम्म सबैलाई धनगढी आसपासबाट प्रहरीले पक्राउ गरेको

चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु

डडेल्धुरा , माघ ०८ । चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्घुराको आलिताल गाउँपालिका–३ बागथलाका बर्ष ३० का हर्कबहादुर