धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप बढ्दो

धनगढी , जेठ १४ ।
धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप अत्यधीक बढेको छ। ट्राफिक चौराह देखि क्याम्पस चोकसम्मको धनगढी बजार क्षेत्र झण्डै डेढ किलोमिटर लामो भएपनी आजकाल दैनिक जाम हुने गरेको छ ।

 

मुख्य  बजार क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संसद सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक योजना मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र कृषि सहकारी तथा भुमीसुधार मन्त्रालय स्थापना भएपछि सवारी चाप बढेको हो। प्रदेश प्रमुखको कार्यालय, आवाश, बन वातावरण तथा पर्यटन मन्त्रालय र मन्त्रीहरुका आवास पनि मुख्य बजारकै चार÷पाँच सय मिटरको दुरीमा भएकाले पनि त्यहाँ आउने जाने बेला बजारमा जाम नै हुने गरेको छ। बसपार्क बाट निस्किएपछी पनि  सार्वजनिक सवारीका साधनहरुले सडकमा गाडी लगाएर यात्रु खोज्ने प्रबृतीले पनि बजारमा सवारीको चाप थेगी नसक्नु भएको छ।

 

साघुँरो सडक भएकाले पनि जाम हुन थालेको हो। सडकको चौडाइ तत्काल बढाउन नसकिने भएकाले जिल्ला ट्राफिक कार्यालय कैलालीले विहानको कार्यालय समय र बेलुका कार्यालय छुटने समयमा धनगढीको मुख्य बजारमा मालवाहक गाडिहरुलाई प्रवेशमा रोक लगाएको छ।धनगढीको मुख्य बजारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बाहिरको सडक बाहेक कतै पनि जेब्रा क्रसिङ छैन।  सेती अञ्चल यातायात व्यवस्था कार्यालय कैलालीका अनुसार यातायात कार्यालय धनगढीमा दर्ता भएका २६ सयको हाराहारीमा विद्युतीय रिक्सा छन्। 

 

धनगढी उपमहानगरपालिकामा गत वर्षबाटै लागु भएको एशीयाली विकास बैंक (एडिबी) को ऋण लगानीमा  नेपाल सरकारको क्षेत्रीय शहरी विकास आयोजनाले पुर्वाधार निर्माण गरेपछि मात्रै सडक फराकिलो हुने र जाम कम हुने सरोकारवलाले बताएका छ ।

 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम प्रदेशका बिभिन्न शक्तिपीठहरुमा बिहानैदेखी पशुबली दिनेहरुको भिड

डोटी ,असोज ३१ ।  बडादशैं अन्तरगत  महाअष्ठमीको दिन बुधबार सुदुरपश्चिम प्रदेशका बिभिन्न  शक्तिपीठहरुमा बिहानैदेखी पुजाअाजसहित पशुबली दिईएको छ

वडादशैको आठौ दिन महाअष्टमी पर्व , देशैभरका शक्तिपीठ तथा घरघर बली दिईदै

अत्तरिया , असोज ३१ । नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । विशेषगरी

विजया दशमीको सातौ दिन आज घर घरमा फूलपाती भित्र्याइँदै

अत्तरिया , असोज ३० । हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक