सात नम्बर प्रदेश सरकारको हनिमुन पिरियड सकियो, सोचे अनुसार काम हुन सकेन - मुख्यमन्त्री त्रिलोचन भट्ट

जेठ १४ , धनगढी । 
सात नम्बर प्रदेशमा सरकार बनेको झन्डै  सय दिन पुगेको छ । संसदिय ब्यबस्थामा सरकारको १०० दिनलाई हनिमुन पिरियड पनि भन्ने गरिन्छ। फागुन ६ गते तत्कालीन नेकपा एमालेका २५ र नेकपा माओवादी केन्द्रका १४ गरी ३९ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री त्रिलोचन भट्ट सहित अन्य ६ जाना मन्त्रीहरुले  शपथ ग्रहण गरेका थिए ।  यो तीन महिने अवधीमा ११  पटक प्रदेश मन्त्री परिषद्को बैठक बसेको छ  । मन्त्रीपरिषद्बाट २३ वटा कानुनका मस्यौदा तयार भएका छन भने केही  बिधेयकहरु  प्रदेश सभाबाट स्वीकृत पनि भईसकेका छन । १०० दिनको कार्यकालमा मुख्य मन्त्री सहित अधिकांस मन्त्रीहरुको समय औपचारिक कार्यक्रममा बढी बितेको छ । माग पत्र , ग्यापन पत्र बुझ्ने र तिनिहरुलाई केन्द्र सरकार सम्म पुर्याउने कार्यले यो अबधीमा तिब्रता पाएको छ । मुख्य मन्त्री भट्टले केही कुरामा यो बिचमा बढी चासो देखाउनु भएको छ । केही पारीयोजना अनुगमन ,हेलो सिएम कार्यक्रम शुरु , यातायात ब्यबस्था कार्यलयको निरन्तर अनुगमन ,स्वास्थ्य र शीक्षामा सबैको पहुंच लगाएतका केही कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको छ ।  १०० दिनको अबधीमा  सबैको चासो रहेको  प्रदेश ७ को  स्थायी राजधानी तोक्ने  र प्रदेशको नामांकन को बिषयमा सरकारले कुनै ठोस छलफल गरेको छैन  । तीन महिनाको लागि ल्याईएको बजेट पनि संयन्त्रको अभावमा कार्यान्वयन हुन सकेको छैन् । यसै बिच १०० दिन पुगेको अबसरमा मुख्य मन्त्री भट्टले सरकारका १०० दिनका कामको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन । मुख्य मन्त्री कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै भट्टले १०० दिन सरकारको काम कर्बाही सन्तोसजनक रहेको प्रष्ट पार्नु भयो । उहाले कर्मचारीको अभाब , भौतिक सरचनाको अभाब लगाएत बिभिन्न समस्याका बाबजुत पनि प्रदेश सरकारले संघियता प्रती जनताको आशा जोगाएको बताउनु भयो । समिधान ले  दिएको अधिकारलाई प्रयोग गर्नको लागी कानुन बनाउने कुरो नै हाम्रो प्राथमिकता रह्यो," उनले भने - "आशिक बजेट पनि ल्यायौ  सरकारका निती तथा कार्यक्रम पनि ल्याउ अब आगामी बर्षको बजेटको तयारीमा जुटेका छौ" । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले सरकारका एक सय दिनका उपलब्धिको सुचीको ब्याख्या समेत गरेका थिए । 

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ ।  स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस