सात नम्बर प्रदेशका स्थानिय तहमा सबै भन्दा बढी कैलालीमा र डडेल्धुरामा सबैभन्दा कम बजेट छुट्याइयो

जेठ १६ , अत्तरिया । 
सरकारले मंगलवार घोषणा गरेको वजेटमा प्रदेश नम्वर ७ का विभिन स्थानीय तहहरुलाई पनि वजेट विनियोजन गरिएको छ । ८८ वटा स्थानीय तह रहेको प्रदेश ७ को एक  उपमहानगरपालिका , नगरपालिका र गाउँपालिकाका लागि पनि सरकारले  वजेट विनियोजन गरेको हो  । सात नम्बर प्रदेशमा सबै भन्दा बढी कैलालीका स्थानिय तहको लागी छुट्याएको छ । कैलालीमा ४ अर्ब १७ करोड २९ लाख रकम बजेट बिनियोजन गरिएको छ । सबै भन्दा बढी धनगढी उपमाहानगरपालिकाको लागी ६३ करोड ९ लाख , गोदावरी नगरपालिकाको लागी ४४ करोड ३१ लाख , घोडाघोडी को लागी ४० करोड ११ लाख बजेट छुट्याएको छ । यस्तै टिकापुर नगरपालिकाको लागी ३९ करोड ५९ लाख ,लम्की चुहाको लागी ३६ करोड ४५ लाख ,गौरीगगाको लागी २८ करोड २७ लाख र भजनीको लागी २६ करोड ६८ लाख बजेट छुट्याएको छ । त्यस्तै अन्य ६ गाउँपालिकाको लागी १६करोड देखी २८ करोड सम्म बजेत बिनियोजन गरिएको छ । उता कन्चनपुरका स्थानिय तहको लागी २ अर्ब ५६ करोड ७१ लाख बजेट बिनियोजन गरेको छ । पहाडी जिल्लामा सबै भन्दा बढी बझाङका  स्थानिय तहको लागी छुट्याएको छ । बझाङका  १२  स्थानिय तहको लागी २ अरब ७३ करोड ७७ लाख रकम छुट्याएको छ । पहाडी जिल्लामा सबैभन्दा कम डडेलधुराका स्थानिय तहको लागी बजेट बिनियोजन गरेको छ । डडेलधुराका   ७ स्थानिय तहको लागी १ अरब ५२  करोड ७६ लाख रकम छुट्याएको छ ।

प्रतिकृया दिनुहोस

प्रदेश सातको गौरबको रुपमा लोवर चमेलिया जलबिधुत आयोजनालाई प्रदेश सरकारले बनाउने तयारी - अर्थमन्त्री झपट बोहोरा ( भिडियो )

धनगढी ,साउन ८ ।  प्रदेश सातका अर्थमन्त्री झपट बोहोराले सरकारले प्रदेश सरकारले  बस सन्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।"गत आर्थिक बर्षको

प्रतिपक्षको मौन समर्थनको बिच प्रदेश सातको बजेट पारित

धनगढी ,असार १६ ।  निकै रस्स्साकस्सी पछि आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश ७ को सरकारले ल्याएको  बजेट प्रदेशसभाबाट पारित भएको छ । शनिवार बिहान

प्रदेश सात सरकारले सार्बजनिक गरेको बजेटको पूर्णपाठ

धनगढी ,असार १ ।  ७ नम्बर प्रदेशको सरकारले आगामी आर्थिक बर्षको बजेट शुक्रबार  संसदमा प्रस्तुत गरेको छ । अर्थ मन्त्री झपट बोहरालले प्रदेश सभामा